Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विश्व सम्मेलनमार्फत् नेवारहरुको जमघट रहने

हाम्रो कोशी आवाज
चैत्र ११ २०७७, बुधबार
विश्व सम्मेलनमार्फत् नेवारहरुको जमघट रहने

धरानः नेवारहरुको विश्व सम्मेलन हुने भएको छ।

चौथो विश्व नेवार दिवस चिल्लाथ्व चतुर्दशी (चैत १४ गते) को दिन काठमाण्डाै बसन्तपुरमा नेवारहरुको विश्व सम्मेलन आयोजना गरिने भएको हो । चौथो विश्व नेवार दिवस आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कोराेना महामारीका कारण गएकाे वर्ष हुन नसकेको विश्व सम्मेलन यस वर्ष आयोजना गरिएको जानकारी गराएको छ ।

सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरुको सहभागिता रहने छ । सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने आठजना विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिने पनि आयोजक समितिले बताएको छ ।

यस्तै सम्मेलनमा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्बिर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम प्रस्तुति पनि हुने छ ।

प्रकाशित मिति: चैत्र ११ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend