Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नवनिर्मित २२ तले धरहराको उद्घाटन आज

हाम्रो कोशी आवाज
बैशाख ११ २०७८, शनिबार
नवनिर्मित २२ तले धरहराको उद्घाटन आज

धरानःनवनिर्मित २२ तले धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले आज ९शनिबार० उद्घाटन गर्दैछन्।
२०७२ वैशाख १२ गतेको महाभूकम्पले भत्काएको ठुटे धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनाइएको हो।
यसअघिको धरहरा ९ तले थियो भने अहिले २२ तलाको बनाइएको हो। भूकम्प गएको छैठौं वर्ष पुगेको दिन प्रधानमन्त्री ओलीले नयाँ धरहरा उद्घाटन गर्न लागेका हुन्।
धरहरा निर्माण पूरा भए पनि त्यस क्षेत्रमा अन्य संरचना निर्माण जारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
उद्घाटन आज गरिए पनि तत्काल अवलोकन गर्न भने नपाइने प्राधिकरणले जनाएको छ। आउँदो मंसिरसम्म सबै काम सकेपछि मात्रै सबैका लागि धरहरा खुला गर्ने तयारी छ।

प्रकाशित मिति: बैशाख ११ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend