Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पार्टीबाट केही नेतालाई निष्काशन गर्ने तयारीमा ओली, आकस्मिक बैठक बोलाइयो

हाम्रो कोशी आवाज
बैशाख १२ २०७८, आइतबार
पार्टीबाट केही नेतालाई निष्काशन गर्ने तयारीमा ओली, आकस्मिक बैठक बोलाइयो

धरानः पार्टीको विधान मिचेको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका केही नेता तथा सांसदलाई कारबाहीस्वरुप पार्टीबाट निष्काशन गर्ने तयारी गर्न लागेका छन्।
जसअनुसार आजै प्रधानमन्त्रीसमेत रहेका ओलीले अकस्मात् १० औं महाधिवेशन आयोजक कमिटीको बैठक डाकेका छन्। कारबाही हुन लागेका नेताहरूमा माधव नेपाल, भीम रावलसहित निलम्बन गरिएका नेता भएका स्रोतले जनाएको छ।
माधव समूहका ती नेताहरूले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको थाहा पाएपछि प्रधानमन्त्रीले यो कदम चाल्न लागेको स्रोतको दाबी छ।
बालुवाटारमा अहिले आयोजक कमिटीको आकस्मिक बैठक बोलाइएको छ। यही बैठकबाट एमालेका केही नेताहरूको जिम्वेवारी खोसिने र पार्टीबाट निकालिने स्रोत बताउँछ।

प्रकाशित मिति: बैशाख १२ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend