Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालको आर्थिक वृद्धिबारे एडिबी आशावादी, ३।१ प्रतिशतको वृद्धि हुने प्रक्षेपण

हाम्रो कोशी आवाज
बैशाख १५ २०७८, बुधबार
नेपालको आर्थिक वृद्धिबारे एडिबी आशावादी, ३।१ प्रतिशतको वृद्धि हुने प्रक्षेपण

धरानः एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर सन् २०२१ मा ३।१ प्रतिशत र अर्को वर्ष ५।१ प्रतिशतमा पुग्ने अनुमान गरेको छ । बुधवार एशियन डेभलपमेन्ट आउटलुक २०२१ प्रकाशित गर्दै बैंकले यस्तो अनुमान सार्वजनिक गरेको हो ।
नेपालमा कोरोनाको दोस्रो लहरका कारण लकडाउन सुरु हुने अघिल्लो दिन प्रकाशित यो रिपोर्टले गत आर्थिक वर्षमा नकारात्मक वृद्धि भएको अर्थतन्त्र चालु वर्ष धीमा गतिमा विस्तार हुने अनुमान गरेको छ । स्मरण रहोस्, अघिल्लो आर्थिक वर्षमा नेपालको अर्थतन्त्र १।९ प्रतिशतले ऋणात्मक भएको थियो ।
एडिबीले नेपालको मूल्य वृद्धिदर सन् २०२१ मा ५ प्रतिशत र २०२२ मा ६ प्रतिशतको हुने समेत अनुमान गरेको छ ।
त्यसैगरि, कुल ग्राहस्थ उत्पादनमा हुने बुद्धिबारे अनुमान गर्दै यस वर्ष १।७ प्रतिशत वृद्धि हुने अनुमान छ भने अर्को साल सन् २०२२ मा यस्तो वृद्धिदर ३।८ प्रतिशत हुने समेत रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति: बैशाख १५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend