धरानः त्रिभुवन विमानस्थलबाट यात्रा गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाईयात्रुहरुले घरबाट विमानस्थलसम्म आउन घरमै ट्याक्सी बोलाउन सक्ने भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।
यो सुविधा त्रिभुवन विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटवाला एयरर्पोट प्रि(पेड ट्याक्सीको हकमा मात्र लागू हुने छ ।
विमानस्थल कार्यालयका अनुसार हवाई यात्रुले हवाई भिसारटिकटरपासपोर्ट देखाएमा विमानस्थलमा आवतजावत गर्न सक्ने भएका छन् । यसका लागि सवारी साधनको सुविधा लिनु परेमा भने प्रिपेड ट्याक्सी बोलाउन सकिने भएको हो ।
कार्यालयका अनुसार प्रि(पेड ट्याक्सीलाई फोन गरेपछि सम्बन्धित स्थानमा पुग्ने छन् । त्यसका लागि विमानस्थल कार्यालयले फोन नम्बर समेत सार्वजनिक गरेको छ ।
