Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकारविरुद्ध तत्काल अविश्वास प्रस्ताव ल्याउन सकिदैनः सभापति देउवा

हाम्रो कोशी आवाज
बैशाख १७ २०७८, शुक्रबार
सरकारविरुद्ध तत्काल अविश्वास प्रस्ताव ल्याउन सकिदैनः सभापति देउवा

धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध तत्कालै अविश्वास प्रस्ताव ल्याउन नसकिने बताएका छन् ।
आफ्नै निवास बुढानिलकण्ठमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले वैकल्पिक सरकार निर्माणका लागि तत्काल कुनै निर्णय नगरेको बताए ।
देउवाले कांग्रेससहित विपक्षी दहहरूसँग पर्याप्त संख्या नपुग्ने देखिएकाले तत्काल ओली नेतृत्वको सरकारविरुद्ध अविस्वासको प्रस्ताव ल्याउन नसकिने उल्लेख गरे ।
‘सरकार बनाउन त बहुमत चाहियो । जसपाले निर्णय गरेको छैन । हामीसँग बहुमत छैन के गर्ने ?’ सभापति देउवाले भने ।
नयाँ सरकार बनाउन जसपासँग संवाद भए पनि यसबारे सञ्चारकर्मीहरुलाई जानकारी नदिइने देउवाले खुलासा गरे ।

प्रकाशित मिति: बैशाख १७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend