धरानः वरिष्ठ संगीतकार एवम् गायक प्रेमध्वज प्रधानको बिहीबार निधन भएको छ ।
छातीमा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो ।
उपचारका क्रममाः बिहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।
उनका भतिज मञ्जुकुमार प्रधानकाअनुसार प्रेमध्वजको शवलाई आजै दाहसंस्कार गर्ने तयारी भैरहेको छ ।
प्रधानले ुगोरेटो त्यो गाउँको,ु ुघुम्तीमा नआउ हैु, ुनमान लाज यस्तरीु, ुपर लैजाउ फूलहरुु, ुतिमीलाई अचेल कहाँ भेटूँु जस्ता लोकप्रिय गीतमा स्वर दिएका छन् ।