धरानः गत वर्षको इडिभी चिठ्ठाको नतिजा शनिबार (आव) सार्वजनिक हुँदैछ ।
अमेरिकाले सन् २०२० को इडीभी नतिजा आज सार्वजनिक गर्न लागेको अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डीभी प्रोग्रामले जनाएको छ । डिभीको नतिजा नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सार्वजनिक हुनेछ ।
तपाईले आफ्नो डिभी परेको छ या छैन भनेर यो https://dvprogram.state.gov वेबसाइटमा गएर थाहा पाउनु सक्नुहुन्छ । डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर अनिवार्य हान्नु पर्नेछ ।
डिभीका बिजेताहरुले सन् २०२० को अक्टोबरदेखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२१ को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ ।
अमेरिकी सरकारले आर्थिक वर्ष २०२१ का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२१ को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ । अमेरिकाले हरेक वर्ष विभिन्न मुलुकबाट हजारौं व्यक्तिलाई डाइभर्सिटी भिसा चिठ्ठा अन्तर्गत अमेरिका लैजान्छ । अमेरिकाले सन् १९९१ देखि यो कार्यक्रम ल्याएको थियो ।
पछिल्लो ५ वर्षमा ५० हजारभन्दा बढी कम मानिस अमेरिका आउने मुलुकका हकमा मात्रै यो कार्यक्रम लागू हुँदै आएको छ । अमेरिकामा धेरै आप्रवासन दर हुने मुलुकका नागरिकले भने यो कार्यक्रममा सहभागी हुन पाउँदैनन् । अमेरिकाले ल्याउने सो कार्यक्रममा हरेक वर्ष विभिन्न मुलुकबाट १ करोडदेखि २ करोडसम्मले अनलाइनमार्फत आवेदन फारम भर्छन् । भने ५० हजारभन्दा बढी मानिसहरु यो कार्यक्रममार्फत अमेरिकामा प्रवेश गर्छन् ।