Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मुस्लिम चाडः एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान

हाम्रो कोशी आवाज
बैशाख ३१ २०७८, शुक्रबार
मुस्लिम चाडः एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान

धरानः ​यो पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखी र गरीबलाई दान दिनु हो ।
यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए। यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरीबलाई बाँडिन्छ । त्यसलाई जकात भनिन्छ ।
इद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन्। त्यसलाई सत्कार फितर भनिन्छ। यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा छ। यो दान पनि दीनदुःखी र गरीबलाई नै दिइन्छ ।
यस वर्ष यही वैशाख १ गतेदेखि मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) शुरु भएको थियो। एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने उनले बताए ।
एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ। बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महिनामा भोजन गर्छन् । यस पर्वका अवसरमा, मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइ कहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् ।
यस वर्ष भने धेरैले घरमै नमाज पाठ गरी परिवारका सदस्यबीच यो पर्व मनाइरहेका छन्। घरमै नमाज पाठ गरिसकेपछि फोन वा सामाजिक सञ्जालका माध्यमबाट इद मुवारक भन्दै शुभकामना दिन सकिने धर्मगुरुहको आह्वान छ ।
मुस्लिम आयोगले पनि बिहीबार विज्ञप्ति प्रकाशित गरेर घरघरमै नमाज पाठ गर्न मुस्लिम धर्मावलम्बीलाई आह्वान गरेको थियो ।

प्रकाशित मिति: बैशाख ३१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend