पछिल्लोपटक राष्ट्रिय समाचार समिति (रासस) को स्रोत दिँदै सहयोगी गोरखापत्र दैनिकले छापेको (१४ वैशाख, २०७८) एक समाचारअनुसार यो वर्षको वसन्त ऋतुमा नेपालका विभिन्न पर्वतहरुबाट सरकारले लगभग ५३ करोड नेपाली रुपैयाँ बराबरको आमदानी रोयल्टीवापत मात्रै गरेको छ । त्यसमा विश्वकै सबैभन्दा आग्लो, सर्वाेच्च हिम शिखर सगरमाथा आरोहणका लागि मात्रै विभिन्न देशका ४२ वटा आरोहण दलका तीनसय ९४ जना सदस्यले आरोहण अनुमति लिएका छन् । विश्व कोरोना कहरको दोस्रो, तेस्रो । लहरको माहौलले सन्त्रास्त भएको यो बेला नेपालमा पर्वतारोहणका लाग आएका पर्वतारोहीहरुको यो संख्या र आम्दानीलाई हामीले सन्तोषजनक नै मान्नुपर्ने हुन्छ ।
स्मरणीय छ, यो सिजनमा सगरमाथा लगायत नेपालका अन्य १० वटा हिमाल आरोहणका लागि ८२ वटा पर्वतारोही टोलीका सात सय २३ जना आरोहीहरुले हिमाल आरोहणका लागि अनुमति लिएका छन्, जुन संख्याले यो वर्ष नेपालका विभिन्न हिमाल आरोहण गर्दैछन्, विश्व विभिन्न देशका पर्वतारोहीहरुले, त्यसलाई राम्रै मान्नुपर्ने हुन्छ । त्यसो त सन् २०२० नेपाललगायत विश्वका धेरै देशमा कोरोनाको कहरका कारण पर्यटनले खासै गति लिएन, पर्यटकीय गतिविधि पनि खासै भएन । अतः सन् २०२० मा पर्यटनबाट खासै आम्दानी पनि भएन । त्यसैले पर्वतारोहणबाट पनि खासै आम्दानी भएन ।
खासमा सन् २०२१ प्छि कोरोनाको कहर क्रमशः अलि कम हुँदै जाला कि ? भन्ने अनुमान विपरित कोभिड–१९ को असर अभैm बाँकी रहेको मात्रै होइन कि, अझ बढ्ने क्रममा र नयाँ–नयाँ कोभिडको जन्म वा वा भनौं विकास हुने र, अर्को जन्मने वा उत्पन्न हुने क्रम जारी रहेको छ । अर्थात् कोभिड–१९ को असर अभैm पनि खासै घटेको छैन । तापनि हाम्रो देश नेपालमा भने यो वर्षको हिउँद याममा केही हिमाल आरोहणका लागि विदेशी तथा स्वदेशी पर्वतारोहीहरु आरोहणका लागि गएका थिए । जुन कुरोलाई सुखद् नै मान्नुपर्ने हुन्छ भने यो वर्षको वसन्त ऋतुमा त नेपालका विभिन्न पर्वतहरु चढ्न गएका पर्वतारोहीहरुको संख्या र नेपाल सरकारले उनीहरुबाट गरेको आम्दानी माथि नै उल्लेख गएिको छ । तापनि हालसम्म नेपाल सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीहरुका लागि ४ सय १४ वटा हिमाल मात्रै आरोहणका लागि खुल्ला गरेको छ ।
यसरी सरकारले पटकपटक गरेर ४ सय १४ वटा हिमालहरु स्वदेशी तथा विदेशी पर्वतारोहीहरुका लागि खुल्ला गरेको भए तापनि विश्वकै अग्लो चोमोलुङमा अर्थात् सगरमाथा (माउन्ट एभरेस्ट), तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं अग्लो मकालु, छैठौ अग्लो चोओयु, सातौं अग्लो धौलागिरी, आठौं अग्लो मनास्लु, १० औं अग्लो अन्नपूर्ण जेठो (प्रथम) हिमालमा नै पर्वतारोहीहरुको बढी आकर्षण देखिन्छ । त्यस्तै ७ हजार मिटर र त्यो भन्दा कम उचाई भए तापनि आमा डाब्लाम, पुमोरी, बरुणत्से, कम्भकर्ण (फक्ताङलुङ), किरात चुली, हिमलुङ, गौगुरी, भृकुटी हिमाल, सीता चुचुरा, अरनीको चुली, धाम्पुस पिक, नीलगिरी, लाङटाङ लिरुङ, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, हिउँचली लगायत हिमाल चढ्न विदेशी पर्वतारोहीहरु नेपाल आउने गरेका छन् । त्यसबाहेक ३३ वटा ट्रेकिङ पनि खुल्ला गरेको छ, नेपाल सरकारले । जुन पिकहरुको रेखदेख, नियमन र रोयल्टी उठाउने जिम्मा नेपाल पर्वतारोहण संघ (एनएमए) ले पाएको छ ।
हिमाल किन चढिन्छ ? वा विदेशीहरु किन हिमालयमा आउँछन् ? भन्ने सम्बन्धमा स्वर्गीय डाक्टर हर्क गुरुङले लेखेका छन् ‘पशुले आहारा खोजेझैं मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्दछ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित इष्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रुप हो ।’
‘पर्वत संसारको सबैभन्दा गोप्य अङ्ग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरु मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रुप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रुप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किरात महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आपूmलाई एउटा क्षुद्र्र जीव पाउँछ र … ।’ (सन्दर्भ स्रोतः स्वर्गीय डाक्टर हर्क गुरुङद्धारा लिखित, विषय विविध नामक किताबको पाना नम्बर (६१ मा रहेको ‘पर्वतारोहण’ शीर्षकको लेख ।
स्वर्गीय डाक्टर हर्क गुरुङले भनेझैं नेपालमा प्रत्येक वर्ष हजारौं विदेशी पर्वतारोहीहरु नेपालमा पर्वतारोहणका लागि आइरहेका छन् । हुन पनि हालसम्मको अवस्था हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्नका लागि नेपाली पर्वतारोहीभन्दा हजारौं गुणा बढी विदेशी पर्वतारोहीहरु आउने गरेका छन् । अझ नेपालीहरु पेशेवर रुपमा पर्वतारोही हुन धेरै समय लाग्ने देखिन्छ । त्यसो त विदेशी पर्वतारोहीहरु नेपालमा रहेका विभिन्न हिमाल चढ्न आउने क्रममा वर्षेनी लाखौं अमेरिकी डलर नेपालका हिमाल चढेवापत नेपाल सरकारलाई सलामी दस्तुर अर्थात् रोयल्टी पनि तिर्ने गरेका छन् । खासगरी विश्वकै अग्लो चोमोलुङमा अर्थात् सगरमाथा, एभरेस्टलगायत विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालमध्ये १० वटा हिमाल नेपालमै हुनु पनि हामी नेपालीहरुका लागि अहोभाग्य मात्रै नभएर प्रकृतिले सित्तैमा दिएको अमूल्य उपहार पनि हो ।
डाक्टर हर्क गुरुङका अनुसार सन् १९५९–६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीहरुलाई एक जना बराबर ६ हजार रुपैँया लाग्थ्यो । अहिले त उनीहरुले चोमोलुङमा अर्थात् सगरमाथा–एभरेस्ट चढ्नका लागि मात्रै नेपाल सरकारलाई प्रति व्यक्ति ११ हजार अमेरिी डलर रोयल्टी मात्रै तिर्छन् । अन्य खर्च त कति हो कति ।
हालसम्म विश्वले मान्यता दिएका विश्वका ८ हजार मिटरभन्दा माथिका अग्ला १४ वटा हिमालमध्ये ८ हजार ८ सय ४८ मिटर अग्लो चोमोलुङमा अर्थात् सगरमाथा, एभरेस्ट, ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा (सेन्छेलुङ, सेवालुङ), ८ हजार ५ सय १६ मिटर अग्लो ल्होत्चे, ८ हजार ४ सय ९६ मिटर अग्लो यालुङकाङ, ८ हजार ४ सय ६३ मिटर अग्लो मकालु (सेसेलुङ), ८ हजार २ सय १ मिटर अग्लो चोओयु, ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी, ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु, ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम गरी ९ वटा (६० प्रतिशतभन्दा बढी) नेपालमै छन् । जुन कुरो हामी नेपालीहरुका लागि सौभाग्य र गर्वको कुरो हो ।
पर्वतारोहण एक साहसिक खेल हुनुका साथै आर्थिक रुपमा ज्यादै खर्चिलो पनि हो । साथै पर्वतारोहणका लागि मानिसहरुमा धैर्यता, साहस, एकाग्रता, निडरता, उच्च मनोबल, स्वस्थ्य शरीरका साथसाथै मौसम र भाग्यले पनि साथ दिनै पर्छ । अन्यथा …
थप केही जानकारी चाहिएमाः ९८४९९८५९९७, ९८६२४३६०४९
ninamkirat123@gmail.com