Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रामबहादुर थापालाई मत दिन एमाले सांसदलाई निर्देशन दिँदै ओलीले भने– नदिए क्षम्य हुँदैन वक्तव्य

हाम्रो कोशी आवाज
जेष्ठ ५ २०७८, बुधबार
रामबहादुर थापालाई मत दिन एमाले सांसदलाई निर्देशन दिँदै ओलीले भने– नदिए क्षम्य हुँदैन वक्तव्य

धरानः नेकपा–एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा पार्टीका उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न पार्टीका मतदातालाई निर्देशन दिएका छन्।
उनले थापा नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता भएको हुँदा उनलाई मतदान गर्दा नेपालको कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा बल पुग्ने बताएका छन्।
पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो,’ एक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैन।’
माओवादीबाट एमाले प्रवेश गरेका थापालाई एमालेले राष्ट्रिय सभाको उम्मेदवार बनाएको हो।

प्रकाशित मिति: जेष्ठ ५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend