Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज एमालेको आकस्मिक स्थायी कमिटी बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने

हाम्रो कोशी आवाज
जेष्ठ ६ २०७८, बिहिबार
आज एमालेको आकस्मिक स्थायी कमिटी बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने

धरानः प्रधामन्त्री केपी शर्मा ओलीले आज  बिहीबार मन्त्रिपषिद् बैठक राख्ने भएका छन्।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज दिउँसो बस्ने पार्टीको स्थायी कमिटी बैठक सकिएलगत्तै बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
आज दिउँसो २ बजे एमालेको आकस्मिक स्थायी कमिटी बैठक बस्दैछ।
त्यो सकिएलगत्तै साढे २ बजे बस्ने गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीको सचिवालयले जनाएको छ।
बैठकको विषयवस्तु भने खुलाइएको छैन।

प्रकाशित मिति: जेष्ठ ६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend