Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नयाँ सरकार गठनका लागि बाटो खोलिदिएँ: प्रधानमन्त्री

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०७८, शुक्रबार
नयाँ सरकार गठनका लागि बाटो खोलिदिएँ: प्रधानमन्त्री

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले फेरि पनि विश्वासको मत हासिल गर्ने अवस्था नरहेको भन्दै त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो खोलिदिएको बताएका छन् ।
बालुवाटारमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उनले बिहीबार राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएपछि त्यसलाई कृत्रिम र नाटकीय व्याख्या गरेको पाइएको बताए ।
यो नगरेर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैनथ्यो भन्ने प्रस्ट छ,’ उनले भने, ‘फेरि जाने संविधानको धारा ७६ उपधारा ५ कै प्रक्रियामा हो ।’
जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने बाध्यता रहेको तर्फ पनि उनले औंल्याए । ‘मानौं जेठ १४ गते सरकार बन्यो भने बजेट कसरी पेश गर्छ रु,’ उनले भने, ‘आफ्ना नीति कार्यक्रम कसरी तर्जुमा गर्ला रु’
नयाँ सरकार गठनका लागि धेरै समय नरहेको उनले बताए । ‘त्यसैले हामीले समय लिएर विश्वासको मत लिने कर्मकाण्ड पूरा गरेर, विश्वासको मतबाट फेरि पराजित भएर उपधारा ५ मा गइरहने समयको सुविधा हामीसँग छैन,’ उनले भने । उनले नयाँ सरकार गठनको बाटो खोल्नुको साटो संसद छलेर सरकार कब्जा गर्न खोजेको नभएको स्पष्ट पारेका छन् । संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठन होस् भनेर राष्ट्रपति समक्ष मार्ग प्रशस्त गर्नुको कारण जेठ १५ मा बजेट र त्यो भन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले नै विश्वासको मततिर नलागेर नयाँ सरकार गठनतिर गएको उनले बताए । उनले ‘जेठ १४ गते सरकार बन्यो भने १५ बजेट कसरी ल्याउँला ? भनि प्रश्न गरे । ‘हामीसँग समय छैन आज ७ गते भई सक्यो ? नीति तथा कार्यक्रम कसरी पास गर्ला ? समय लिएर विश्वासको मत लिएर काम गर्दा पनि किन यस्तो डाहा’, उनले प्रश्न गरे ।

प्रकाशित मिति: जेष्ठ ७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend