Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा निषेधाज्ञा अरू एक हप्ता थप्ने तर केही खुकुलो पार्ने तयारी

हाम्रो कोशी आवाज
जेष्ठ १८ २०७८, मंगलबार
काठमाडौं उपत्यकामा निषेधाज्ञा अरू एक हप्ता थप्ने तर केही खुकुलो पार्ने तयारी

धरानः काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि अरू एक हप्ता थप्ने तयारी भइरहेको छ।
त्यसका लागि आज तीन जिल्ला ९काठमाडौं, ललितपुर, भक्तपुर० का प्रमुख जिल्ला अधिकारीको बैठक बसिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले नेपालखबरलाई जानकारी दिए।
‘अब आउने २० गतेबाट निषेधाज्ञाको अवधि सकिँदैछ, तर कोरोना संक्रमण अझै कम नभएकाले २१ गतेदेखि अरू एक हप्ता थप्ने सोच बनाइएको छ,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले मंगलबार बिहान भने, ‘आज हामी तीन जिल्लाका सीडीओ बैठक बस्छौं र निर्णय गर्छौं।’
साथै निषेधाज्ञा केही खुकुलो पार्ने सम्बन्धमा पनि विचार भइरहेको उनले बताए।
‘खाद्यान्न पसलचाहिँ खोल्न दिने कि भन्ने विषयमा पनि हामीबीच छलफल भइरहेको छ,’ उनले भने।
के के खोल्न दिने भन्ने विषयमा बैठकपछि नै अन्तिम टुंगो लाग्ने उनले बताए।
उपत्यकामा गत वैशाख १६ गते सुरु निषेधाज्ञाको अवधि तेस्रोपटक थपेर यही जेठ २० गते मध्यरातिसम्म पुर्‍याइएको हो। अब २ दिन बाँकी छ।

प्रकाशित मिति: जेष्ठ १८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend