Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उपत्यकामा १० दिन निषेधाज्ञा थप गर्ने, किराना पसल खुलाउने तयारी

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०७८, बुधबार
उपत्यकामा १० दिन निषेधाज्ञा थप गर्ने, किराना पसल खुलाउने तयारी

धरानः काठमाडौं उपत्यकामा जेठ २० गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गर्ने तयारी भएको छ ।
बुधबार ९आज० काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु जेठ २० गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गर्ने छलफलमा छन् ।
छलफलमा सहभागी एक अधिकारीका अनुसार २० गतेपछिको निषेधाज्ञामा किराना पसल विहान ९ बजेसम्म खुला गर्ने र निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिनेबारे छलफल भैरहेको छ। उनका अनुसार अब १० दिन पछि भने निषेधाज्ञा थप खुकुलो हुनेछ ।
त्यस्तै, रातको समयमा निर्माण सामग्री ढुवानी गर्न र मजदुरलाई निर्माणस्थलमै खान बस्नको व्यवस्था गर्ने, अत्यावश्यकबाहेकका कार्यालय खोल्न नपाइने व्यवस्था कायमै गर्ने र बैंक तथा वित्तीय संस्था पनि अहिलेकै अवस्थामा सञ्चालन गर्ने विषयमा छलफल भैरहेको छ ।
यसअघि थपीएको निषेधाज्ञा २० गतेसम्म पुर्‍याइएको छ। जेठ १३ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको छ ।

प्रकाशित मिति: जेष्ठ १९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend