Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राजेन्द्र महतोले दोहोर्‍याएर भने- नेपालमा बहुल राज्य हुन आवश्यक छ

हाम्रो कोशी आवाज
जेष्ठ २२ २०७८, शनिबार
राजेन्द्र महतोले दोहोर्‍याएर भने- नेपालमा बहुल राज्य हुन आवश्यक छ

धरानः उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य नै रहेको भन्दै प्रतिक्रिया दिएका छन् । पदभारका क्रममा उनले नेपाल बहुल राष्ट्रिय राज्य रहेको बताएपछि उनी आलोचित बनेका थिए ।

शनिवार जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै महतोले नेपाल बहुल राष्ट्रिय राज्य रहेको भन्दै आफ्नो भनाइ दोहोर्याएका हुन् ।

‘नेपाल विभिन्न भाषाभाषी, जातजातिहरू बस्ने देश हो, त्यसैले यो बहुल राष्ट्रिय राज्य नै हो,’ महतोले भने यसमा विवाद गर्नुपर्ने कुनै कारण छैन ।

आफ्नो पार्टी कांग्रेस र कम्युनिष्टजस्तो नभएको महतोले बताए । कांग्रेस र कम्युनिष्टले गर्न नसकेको काम गर्नका लागि पार्टी स्थापना भएको भन्दै उनले समाजमा व्याप्त शोषण र उत्पीडन समाप्त गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

‘हाम्रो पहिलो दायित्व र रुझान भनेको पार्टीको मूल्य-मान्यता हो । हामी २४ घन्टा नै त्यसलाई याद राख्ने छौं ।’ महतोले भने ।

प्रकाशित मिति: जेष्ठ २२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend