Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खुल्यो जीवन विकास लघुवित्तको आइपिओ, १८ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणलाई दिने

हाम्रो कोशी आवाज
असार ११ २०७८, शुक्रबार
खुल्यो जीवन विकास लघुवित्तको आइपिओ, १८ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणलाई दिने

धरानः जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आजदेखि निष्कासन हुँदैछ। कम्पनीले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो।
कम्पनीको जारी पूँजी ६० करोड ८४ लाखको ३२ दशमलव ५० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो।
कम्पनीको आइपिओमा छिटोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले अंकित मूल्य १ सयका दरले कुल १९ लाख ७७ हजार ३ सय कित्ता सर्वसाधारण सेयर निष्कासन गर्न लागेको हो।
जसमध्ये ३० हजार ४२० कित्ता सेयर कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिनेछ।
कम्पनीको आइपिओमा न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।२०७७ साल फागुन १७ गते आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले जेठ ३० गते अनुमति पाएको हो।
राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त यस संस्थाले आइपिओ निश्कासनका लागि इक्रा नेपालबाट ‘बीबीबी माइनस’ रेटिङ प्राप्त गरेको छ।
कम्पनीको वित्तीय स्थिति अरु लघुवित्तको तुलनामा मजबुत देखिएको छ। आव २०७६(७७ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा छ।
मोरङको कटहरीम प्रधान कार्यालय रहेको कम्पनीको देशभर १३८ स्थानमा शाखा तथा उपशाखा कार्यालय संचालनमा छ।
कम्पनीको बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ। आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय वा सिडिएससीको मेरो सेयर एप(वेबमार्फत कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ।

प्रकाशित मिति: असार ११ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend