Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रामचन्द्र पौडेलको भेला दियालो फुडल्यान्डमा, को को भए सहभागी ?

हाम्रो कोशी आवाज
असार ११ २०७८, शुक्रबार
रामचन्द्र पौडेलको भेला दियालो फुडल्यान्डमा, को को भए सहभागी ?

धरानः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न महाधिवेशन सन्दर्भमा आफूनिकट नेताहरुसँग छलफल गरिरहेका छन्।
बसुन्धरास्थित दियालो फुडल्याण्डमा शुक्रबार अपरान्ह भएको छलफलमा पौडेलसहित महामन्त्री डा। शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, दिलबहादुर घर्ती, हृदयराम थानी, गगन थापा, प्रदीप पौडेल, धनबहादुर गुरुङ, कल्याण गुरुङ, बद्री पाण्डे, गुरु घिमिरे, जीवन परियार र कमला पन्त उपस्थित छन्।
कांग्रेसले आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने भएको छ।
सभापतिको उम्मेदवारी दाबी गरेका पौडेलले आफूपक्षीय नेताहरुसँग छलफल गरेर उम्मेदवारी घोषणाको तयारी गरिरहेका छन्।
वहालवाला सभापति शेरबहादुर देउवाले पनि नेतृत्वमा पुनः दाबी गर्ने तयारी गरिरहेका बेला पौडेलले अन्य नेताहरुको साथ जुटाएर चुनावी मैदानमा उत्रिन लागेका हुन्।

प्रकाशित मिति: असार ११ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend