कोरिया: गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको क्षेत्रीय समिति ख्यङ्गी–इन्छनको दोस्रो महाधिवेशन सम्पन्न भएको छ ।
आइतबार अर्थात् जुन २७ गतेका दिन सुवनमा भएको सो कार्यक्रम ख्यङ्गी–इन्छनका अध्यक्ष लक्ष्मी खरेलको अध्यक्षतामा सम्पन्न भएको कोरियामा कार्यरत धरानका घनेन्द्र बरालले जानकारी दिए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका एनसीसी सदस्य डा. देवी बस्नेत, गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका महा–सचिव डा. विमल सुवेदी साथै अन्य विशिष्ट अतिथि महानुभावहरुको उपस्थिति रहेको थियो ।
नयाँ कार्य समिति गठनका लागि तीन सदस्यीय निर्वाचन संयोजक समितिमा निरञ्जन भण्डारी, हरिप्रसाद भट्टराई र अजय श्रेष्ठलाई चयन गरिएको छ । निर्वाचन संयोजक निरञ्जन भण्डारीका अनुसार जुलाई ११ तारिखमा नयाँ कार्य समिति चयन गरिनेछ ।
साथै दुई वर्षमा गरिएका कार्यक्रमको जानकारी पनि अध्यक्ष खरेलले प्रस्तुत गरेका थिए । यस्तै, आय–व्यय कोषाध्यक्ष कृष्ण चापागाईले प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव पुष्प दाहालको अनुपस्थितिमा सह–सचिव घनेन्द्र बरालले गरेका थिए । कार्यसमितिका केही पदाधिकारी मात्र भेला भई कोरोनाको महामारीलाई मध्यनजर गर्दै कार्यक्रम भने जुम मिटिङद्वारा गरिएको थियो ।