Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देशका अधिकांश भूभागमा लगातार वर्षा

हाम्रो कोशी आवाज
असार १८ २०७८, शुक्रबार
देशका अधिकांश भूभागमा लगातार वर्षा

धरानः मनसुनी गतिविधि सक्रिय भएर देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ । देशभर सामान्य देखि पूर्ण बदली भइ प्रदेश १, प्रदेश २ ,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारी वर्षा भैरहेको हो ।
यसबाहेकका क्षेत्रमा पनि हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । वर्षा हुने क्रम शुक्रबार पनि जारी रहने महाशाखाले जनाएको छ । शुक्रबार पनि देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहने मौसमविदले जानकारी दिएका छन् ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा राति पनि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा र गण्डकी प्रदेश तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित भारी भारी वर्षा र एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भू(भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ ।अधिकांश क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति: असार १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend