Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देशभर वर्षाका कारण हालसम्म ३३ को मृत्यु, ३० बेपत्ता, ३२ घाइते

हाम्रो कोशी आवाज
असार १८ २०७८, शुक्रबार
देशभर वर्षाका कारण हालसम्म ३३ को मृत्यु, ३० बेपत्ता, ३२ घाइते

धरानः देशको विभिन्न भागमा निरन्तर मनसुनी वर्षा हुँदा जनधनको व्यापक क्षति भएका विवरण प्राप्त भइरहेका छन् ।
सरकारी विवरण अनुसार गत जेठ ३१ यता नेपालमा मनसुनजन्य १७८ घटना भएका छन्। त्यसमा हालसम्म ३३ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। घाइतेको सङ्ख्या ३२ पुगेको छ ।
मुलुकका प्रमुख राजमार्गहरू सहित विभिन्न सडक खण्डहरू पनि प्रभावित भएको बताइएको छ ।
निरन्तर वर्षाका कारण आएको बाढी र नदीमा बढेको बहावका कारण कतिपय स्थानमा पुल र सडक लगायतका संरचनाहरू भत्किएका छन् ।
हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा ‘वर्षा भइरहेको र भारी वर्षाको पनि सम्भावना रहेको’ सरकारी निकायहरूले जनाएका छन्। यस क्षेत्रमा बुधवारबाट मनसुन थप सक्रिय भएको र शुक्रवारसम्म कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको बाढी पूर्वानुमान शाखाले आफ्नो ह्यान्डलबाट ट्विट गर्दै कोशी, नारायणी र यसका सहायक नदीहरू तथा कन्काई, कमला, बागमती, पूर्वी रापती लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान रहेको जनाएको छ ।
‘तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउनुहुन अनुरोध छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति: असार १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend