Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओलीको अल्टिमेटम मान्दैनौं, हस्ताक्षर फिर्ता गर्दैनौंः नेपाल पक्ष

हाम्रो कोशी आवाज
असार २० २०७८, आइतबार
ओलीको अल्टिमेटम मान्दैनौं, हस्ताक्षर फिर्ता गर्दैनौंः नेपाल पक्ष

धरानः नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा गरेका हस्ताक्षर फिर्ता नलिने बताएका छन्।
आइतबार आयोजित एमालेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका सांसदलाई सोमबारभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन्। साथै सर्वोच्च अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नभए उनीहरू एमाले नेता नरहने चेतावनीसमेत दिएका छन्।
यसपछि शनिबार छलफलमा बसेका नेपाल पक्षका सांसदले ओलीले दिएको अल्टिमेटम अस्वीकार गर्दै हस्ताक्षर कुनै हालतमा फिर्ता नलिने निष्कर्ष निकालेका हुन्। अवैधानिक कमिटीले दिएको अल्टिमेटमको अर्थ नहुने र संविधान, लोकतन्त्र र संसद् बचाउन गरिएको हस्ताक्षर फिर्ता नलिने निर्णय गरिएको एक सांसदले बताए।
कांग्रेसका सभापति देउवाले प्रधानमन्त्रीका लागि पेस गरेको दाबी खारेज गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संसदै विघटन गरेपछि सर्वोच्च अदालतमा हालिएको रिट निवेदनमा एमालेको नेपाल पक्षका २३ सांसदले पनि हस्ताक्षर गरेका छन्। यो मुद्दा अहिले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। पार्टी एकताका लागि ती हस्ताक्षर फिर्ता गर्नुपर्ने सर्त ओलीले राखिरहेका छन्।
यी पनिः
अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नलिनेहरू एमाले रहँदैनन्ः ओली
सर्वोच्चको फैसला आएको भोलिपल्ट असाधारण निर्णय लिन्छौं प्रधानमन्त्री ओली
निकट सांसदसँग नेपालको ब्रिफिङ स् ओलीसँग मिल्नु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्नु हो

प्रकाशित मिति: असार २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend