Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राजस्व संकलन लक्ष्य नजिक

हाम्रो कोशी आवाज
असार २७ २०७८, आइतबार
राजस्व संकलन लक्ष्य नजिक

धरानः चालू आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य अनुसार उठ्ने भएको छ । चालू आर्थिक वर्ष सकिन ४ दिन बाँकी लक्ष्यमा पुग्न १३ प्रतिशतमात्र बाँकी रहेको छ । सरकारले १२ औं महिनाको अन्तिम ४ दिन बाँकीसम्ममा १० खर्ब ११ अर्व ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ८ खर्ब ८१ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।
चालु आव चार दिनभित्र १ खर्ब २९ अर्व ९७ करोड १ लाख रुपैयाँ राजस्व संकलनगर्न सरकारले तिव्र रुपमा गतिलिइरहेको महालेखा नियन्त्रण कार्यालयका सुचना अधिकारी कृष्ण पुडासैनीले बताए । उनले भने, “अहिले राजस्व संकलनको कामएकदमै तिव्र रुपमाभइरहेको छ । केही निकायहरुले लक्ष्य भेट्न सक्छन् ।”
कर राजस्व तर्फबाट ८९।१५ प्रतिशत राजस्व संकलन गरेको छ । ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ कर राजस्वको लक्ष्य रहेकोमा हालसम्म ८ खर्ब १८ अर्व ५१ करोड ६२ लाख रुपैयाँ उठाइसकेको छ ।
त्यस्तै, भन्सार विभागले ४ सय ४०अर्व २६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेमा हालसम्म ४ सय ३४ अर्व २० करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ । भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेका अनुसार अझै काम गर्ने अझै पाचँ दिन बाँकि छ, सो दिनहरुमा ६ अर्बको हाराहारीमा रहेको राजस्व संकलन गर्न सकिन्छ उनले भने । त्यसको लागि राजस्व संकलनको काम भइरहेको उनले जानकारी दिए ।
आन्तरिक राजस्व विभागले ४ सय ५० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । हालसम्म त्यसको ८६ प्रतिशत राजस्व संकलनगरिसकेको आन्तरिक राजस्व विभागका महानिर्देशक झक्क प्रसाद आचार्यले जानकारी दिए । उनले भने, “तोकिएको लक्ष्यअसार मसान्तसम्म पुग्ने छ , त्यो भन्दा बढी भने उठ्ने सम्भावना कम छ ।”
महालेखा नियन्त्रण कार्यालयको तथ्याकं हेर्दा गैर कर राजस्व संकलन ६४।०३ प्रतिशत मात्रभएको छ । जसमा ९८ अर्व ८० करोड ९४ लाख रुपैयाँ लक्ष्य लिएकोमा ६३ अर्ब २७ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गरिसकेको तथ्याकंले देखाएको छ । त्यस्तै अनुदान तर्फ भने १६।६५ प्रतिशतमात्र राजस्व संकलन गरेको छ । जसमा ६० अर्व ५२ करोड ७७ लाख रुपैयाँ लक्ष्यमा १० अर्व ७ करोड ५४ लाख रुपैयाँमात्र अनुदानतर्फ राजस्व संकलन गरेको छ ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार सरकारले चालु आव असार मसान्त सकिन लाग्दासम्म ७६।१५ प्रतिशतमात्र खर्च गरेको छ । जसमा सरकारले १४ खर्ब ७४ अर्व ६४ करोड ५४ लाख रुपैयाँखर्च गर्ने लक्ष्य लिएकोमा हालसम्म ११ खर्ब २२ अर्व ९४ करोड ३८ लाख रुपैयाँमात्र खर्च गरेको छ ।

प्रकाशित मिति: असार २७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend