Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुईदिने अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन

हाम्रो कोशी आवाज
भाद्र ४ २०७८, शुक्रबार
दुईदिने अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन

धरानः अन्तराष्ट्रिय नेतृत्व सम्मेलनको तेस्रो सिरिज सम्पन्न भएको छ ।
आर्थिक विकास र शान्तिको लागि कोरियाली प्रायदीपको पुनर्मिलनका सन्दर्भमा बिहीबार र शुक्रबार दुईदिने भर्चुअल सम्मेलन सम्पन्न भएको हो ।
कोरियाली प्रायदीपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बनाउन युनिर्भसल पीस फडेरेसनको आयोजनामा थिक टयाक २०२२ ग्लोबल फोरमले एशिया प्यासफिकस्तरयि नेतृत्व सम्मेलनमा तीन दर्जनभन्दा बढी राष्ट्रका हजारौ व्यक्तिले सहभागिता रहेको छ भने ४० भन्दा जना वक्ताहरूले दुई कोरियाबीचको पुनर्मिलनको सम्भाब्यताबारे बोलेका थिए । सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरूले सम्बोधन गदै कोरिया पुनर्मिलनको बारेमा ऐक्यबद्धता प्रकट गरेका थिए ।
भर्चुअल सम्मेलनमार्फत् भएको अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन र थिङ्क ट्याङ्क २०२२ ग्लोबल फोरमले कोरियाली प्रायद्वीपमा आर्थिक विकासको सम्भावनाहरु, एशियामा यसको प्रभाव र विश्व शान्तिको लागि भूमिकाको बारेमा सम्बोधन गरिनेछ ।
सम्मेलनमा नेपालका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरियाली प्रायद्वीपको एकीकरणले कोरियाको प्रगतिमा मात्र योगदान पुरयाउँछ भन्ने होइन पूर्वोत्तर एशिया र विश्वको शान्ति र समृद्धिलाई पनि सहयोग पुरयाउने धारणा राखे ।
सम्मेलनमा पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदीपको शान्तिपूर्ण पुर्नमिलनको लागि सामाजिक अभियानहरू सञ्चालन गरेको बताउँदै दुवै कोरियाको एकिकरण विस्तारै सम्भव बन्दै जाने बताए ।

युपीएफ एशिया प्यासफिकका अध्यक्ष समेत रहेका ढकालले दुवै देशका नेताहरूले एक आपसमा पटक–पटक भेटवार्ता गर्ने र सम्बन्धलाई थप मजबुद बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रममार्फत् कोरियाली प्रायदिपको पुर्नमिलनलाई सहयोग गर्ने बताए ।
संविधानसभा सदस्य उदय नेपाली श्रेष्ठ लामो विभाजित र प्राविधिकरूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरूबीच शान्तिमय पुनर्मिलनको व्यावहारिक समाधान खोज्नका लागि आवश्यक रहेको बताए । सम्मेलनमा भारतीय जनता पार्टीका नेता विजय जोली, बासिङटन टाइम्स्का अध्यक्ष म्याक डेबिट, नेपालका लागि पूर्व भारतीय राजदुत केबी राजन, प्रोफेसर सिर्जना थापा लगायताका वक्ताहरुले बोलेका थिए ।
सम्मेलनलाई अङ्ग्रजी, नेपाली, रसियन, खमेर, थाईलगायत सात भाषामा अनुवाद गरिएको सम्मेलनको प्रत्यक्ष तथा विभिन्न सामाजिक सञ्जालको माध्यमबाट लाखौंको सहभागिता रहेको थियो ।
युनिभर्सल पीस फेडरेशन संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषदसँग सामान्य परामर्शदाता एक गैर सरकारी सङ्गठन हो । जसले अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन र थिङ्क ट्याङक २०२२ ग्लोबल फोरमको माध्यमबाट दुवै कोरियाको पुनर्मिलनको विभिन्न आयामकोबारेमा बहस चलाउँदै आएको छ । आठ ओटा सत्रमा भएको सम्मेलनमा विभिन्न क्षेत्रका विषयगत बिज्ञहरुले आफ्नो धारणा राखेका छन् ।

प्रकाशित मिति: भाद्र ४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend