Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इजरायलमा ‘केयरगिभर’का लागि एक हजार ६०० परीक्षार्थी सिफारिस

हाम्रो कोशी आवाज
असोज १० २०७८, आइतबार
इजरायलमा ‘केयरगिभर’का लागि एक हजार ६०० परीक्षार्थी सिफारिस

धरानः वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान इच्छुक श्रमिकमध्ये १६ सय जना सिफारिस गरेको छ ।

विभागले असोज ४ गतेदेखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट १६ सय जना छनोट गरी दूतावासमा बुझाएको हो। अन्तर्वार्तामा १८ सय ३ जना सहभागी थिए। तीमध्ये ११ सय २० जना महिला र ४८० जना पुरुष सिफारिस भएका हुन् ।

नेपाली दूतावासमार्फत पपुलेसन इमिग्रेसन एण्ड बोर्डर अथोरोटी अफ इजरायल (पिआइबिए) ले एक हजार जना कामदार छनोट गर्ने छ। गत साउन १२ गते प्रकाशित गरिएको मागअनुसार ९ हजार ६९९ जनाले आवेदन दिएका थिए। पहिलो चरणको भाषा परीक्षमा ६ हजार ३१७ जनामध्ये २ हजार ३९ जना पास भएका थिए ।

सिफारिसमा परेकालाई इजरायलले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्ने छ। इजरायल जाने श्रमिकले हप्तामा ४२ घण्टा काम गर्नुपर्ने हुन्छ। नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुुसारेका लागि नेपाली सहायक कामदार पठाउन लागेको हो ।

प्रकाशित मिति: असोज १० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend