Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देशभर लगातार चिसो बढ्दै

हाम्रो कोशी आवाज
कार्तिक २२ २०७८, सोमबार
देशभर लगातार चिसो बढ्दै

धरानः नेपालमा हाल नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । उपत्यकाको सोमबारको न्युनतम् तापक्रम ९.२ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्युनतम् तापक्रममा कमी आएसँगै वायुको गुणस्तर कम भएको वातावरण विभागको तथ्याङकमा उल्लेख छ । सोमबार सबैभन्दा कम जुम्लामा माइनस १ डिग्री सेल्सियस तपक्रम मापन गरिएको महाशाखाले जनाएको छ ।
त्यस्तै, धनगढीको १५.३ डिग्री सेल्सियस तापक्रम रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ । सोमबार २४ घण्टाको न्युनतम तापक्रम विराटनगरमा १५.२, सिमरा १५.५, महेन्द्रनगर १३ र जुम्लामा माइनस १ डिग्री सेल्सियस रहेको थियो । त्यसैगरी काठमाडौंको अधिकतम् तापक्रम २३.८ डिग्री सेल्सियस रहेको थियो । यसरी तापक्रममा कमी आएसँगै त्यस क्षेत्रको वायुको गुणस्तर स्वास्थ्यका हिसावले हानिकारक बनेको महाशाखाले जनाएको छ ।
वातावरण विभागको तथ्याङकअनुसार महेन्द्रनगर क्षेत्रको पार्टिकुलेट म्याटर २.५ माइक्रोनभन्दा सानो वायुको गुणस्तर १३८ माइक्रोग्राम प्रतिमिटर क्युव रहेको छ । यो स्वास्थ्यका हिसावले हानिकारक मानिन्छ । विभागले १०० देखि १५० माइक्रोग्राम प्रतिमिटर क्युवसम्मलाई अस्वस्थकर वायु मापन गरेको छ ।

प्रकाशित मिति: कार्तिक २२ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend