Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमालेले देशैभर एकै साथ महाधिवेशन प्रतिनिधि चयन गर्दै

हाम्रो कोशी आवाज
कार्तिक २७ २०७८, शनिबार
एमालेले देशैभर एकै साथ महाधिवेशन प्रतिनिधि चयन गर्दै

धरान नेकपा (एमाले) ले आगामी दशौं राष्ट्रिय महाधिवेशनका लागि आज देशैभरबाट एकै साथ प्रतिनिधि चयन गर्दैछ। १ हजार ९९९ प्रतिनिधिको छनोट आज एकै पटक हुन लागेको हो।
संगठित सदस्यताका आधारमा एमालेले प्रतिनिधि छनोट गर्नेछ। एमालेसँग हाल देशभर ८ लाख १० हजार संगठित सदस्य छन्। त्यसमध्येबाट प्रतिनिधि छनोट गरिनेछ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जनाप्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको छ। यो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तीमा १ महिलासहित ३ जनाप्रतिनिधि चयन हुनेछन्। ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा १ जना महिला अनिवार्य हुनु पर्नेछ।
यस्तै, देशभित्रका जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने १ जनाप्रतिनिधि, यस संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, १ हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तीमा १ महिलासहित ३ जना निर्वाचित हुने मापदण्ड बनाइएको छ। एमाले दशौँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० गते चितवनमा हुँदैछ।

प्रकाशित मिति: कार्तिक २७ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend