Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा तीनजनाको उम्मेदवारी, अन्य पदका लागि क-कसको उम्मेदवारी ?

हाम्रो कोशी आवाज
मंसिर २६ २०८१, बुधबार
नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा तीनजनाको उम्मेदवारी, अन्य पदका लागि क-कसको उम्मेदवारी ?

धरानः नेपाल पत्रकार महासंघ सुनसरीका शाखाको लागि ६१ जनाको उम्मेदवारी परेको छ ।
शाखाको लागि कार्य समिति पदाधिकारी, सदस्य, प्रदेश र संघीय परिषद् सदस्यसहित ६१ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ पत्रकार हर्ष सुब्बाले जानकारी दिए ।
अध्यक्ष पदमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट सन्तोष काफ्ले, प्रेस सेण्टर र युनियनको समर्थनमा गणेश निरौला उम्मेद्वार बनेका छन् भने ‘स्वतन्त्र उम्मेदवार’ बाट शेखरनाथ जोगीले उम्मेदवारी दिएका छन् । प्रेस युनियन र प्रेस सेन्टरको यसअघि गठबन्धन हुँदा प्रेस सेन्टरले अध्यक्षमा जितेको थियो, त्यही गुन तिर्न प्रेस सेन्टरले यसपटक सुनसरीमा सघाउने निर्णयका साथ निरौलालाई उम्मेदवारी अघि सारेको हो ।
प्रेस चौतारी र प्रेस युनियनको उपाध्यक्षमा अर्जुन सुवेदी र सेन्टरबाट गोविन्द बस्नेतले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा यशोदा सेने र मनिता चाम्लिङले उम्मेदवारी दिएका छन् । सचिवमा तिर्थ कार्की, विनय बाह्रकोटी र खेमराज सापकोटाले उम्मेदवारी दिएका छन् ।
सहसचिवमा महेश गुरागाईं र विकल रेग्मी उम्मेदवार छन् । समावेशी सहसचिवमा वीरेन्द्र साह र मुस्ताक आलम उम्मेदवार बने । कोषाध्यक्षमा विवेक रेग्मी, जमुना श्रेष्ठ र विक्रान्त श्रेष्ठले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
खुल्ला सदस्यमा चन्द्रकला चौधरी, जीवन विष्ट, मो.मिकाइल, रोहित कुलुङ राई, लेखनाथ दंगाल, सुदिप पोखरेल, सुवास खत्री, शिशिर भट्टराई, सबिता पोखरेल (ज्योति), सिंहबहादुर मादेन, हिरण्यकुमार कार्की उम्मेदवार छन् । दलित सदस्य पदमा विनोद विश्वकर्माको मात्र उम्मेदवारी परेको छ ।
केन्द्रीय परिषद् सदस्यमा गोपाल दाहाल, बाबुराम सुवेदी, देवेन्द्र कार्की, सुविद् गुरागाईँ, जयकृष्ण यादव, गणेशप्रसाद तिम्सिना उम्मेदवार छन् ।
समावेशी केन्द्रीय पार्षदमा नरबहादुर लिम्बू (प्रदीप मेन्याङबो), श्रीप्रसाद राई (श्री शिशा), फूलचन्द मेहता उम्मेदवार छन् । महिला केन्द्रीय परिषद् सदस्यमा सुभद्रा प्याकुरेलको मात्र उम्मेदवारी परेको छ ।
प्रदेश परिषद् समावेशी सदस्यमा धनकुमार राई (मिलन), विकाश चाम्लिङ राई, विकी श्रेष्ठ, सोहन श्रेष्ठ, हिमाल राई, उपेन्द्र चाम्लिङ ६ जनाको मात्र उम्मेदवारी परेको छ ।
समावेशी मुस्लिम अल्पसंख्यक सदस्यमा नसिम अन्सारी र प्रदेश परिषद् सदस्य महिलामा कानुन कार्कीको मात्र उम्मेदवारी परेको छ । प्रदेश परिषद् सदस्य खुल्ला ७ जनाको सिटमा कमलाकुमारी चौधरी, धिरेन्द्र चौधरी, नवराज विष्ट, पिएमणि भट्टराई, रामकृष्ण खड्का, रुमा रिजाल, विशाल राई, सुनिल चौधरी र सुमित्रा राई (सञ्जु) ९ जनाको उम्मेदवारी परेको छ ।
महासंघको निर्वाचन यही मंसिर २८ गते देशभर हुँदैछ ।

प्रकाशित मिति: मंसिर २६ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend