Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सडकमा पुगे ब्रिटिस गोर्खा भूतपूर्व सैनिक

हाम्रो कोशी आवाज
माघ २५ २०८१, शुक्रबार
सडकमा पुगे ब्रिटिस गोर्खा भूतपूर्व सैनिक

धरानः सर्वोच्च अदालतले नेपाल सरकारका नाममा गरेको निर्देशनात्मक आदेश कार्यान्वयन नगरेको भन्दै ब्रिटिस गोर्खा भूपू सैनिकहरूले सडकमा मार्चपास गरेका छन् ।
ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)को नेतृत्वमा भूपू सैनिकहरू सडकमा उत्रिएका हुन् । बिहीबार काठमाडौँको माइतीघर मण्डलाबाट उनीहरूले नयाँबानेश्वर पुगी त्यहाँबाट फर्किएर पुनः मण्डलामा आई कोणसभा गरे ।
सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र संयुक्त अधिराजयबीच भएको त्रिपक्षीय सम्झौता अन्तर्गत भर्ती भएको गोरखा सैनिकहरूमाथि हुँदै आएको अन्याय, असमानता र विभेदका विषयहरूलाई लिएर बिगेसो लामो समयदेखि संघर्षको मैदानमा छ ।
यस भर्तीको विरुद्धमा खोलिएका सङ्गठनहरू अहिले गुमनाम अवस्थामा पुगेका छन्, भने पदम सुन्दर लिम्बु नेतृत्वको बिगेसोको आन्दोलन उत्कर्समा पुगेको छ । उसले कूटनीतक, राजनीति पहल हुँदै, सडकदेखि सर्वोच्च अदालतसम्म गएर ऐतिहासिक सफलता प्राप्त गरिसकेको छ ।
बिगेसोले अदालतमा लडेको कानुनी लडाइँले ब्रिटिस गोर्खा सैनिकहरूको पक्षमा सर्वोच्च अदालतले २४ माघ २०७९ सालमा फैसला मात्रै गरेन उसले नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश नै जारी गरिसकेको छ ।
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई यही वर्षको गत ८ साउन र २० पुसमा दुई पटक ताकेता पत्र पठाइसकेको छ । तर सरकारले कार्यान्वयनको पाटोमा ध्यान नदिएको बिगेसोको गुनासो छ । उनीहरूले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।

प्रकाशित मिति: माघ २५ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend