Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा मोटरसाइकल जुध्दा बाबुछोरासहित तीनजनाको मृत्यु

हाम्रो कोशी आवाज
असार १५ २०८२, आइतबार
सुनसरीमा मोटरसाइकल जुध्दा बाबुछोरासहित तीनजनाको मृत्यु

धरानः सुनसरीमा मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीनजनाको मृत्यु भएको छ ।
मोटरसाइकल एक आपसमा जुध्दा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामधुनी–७ बासबिटीस्थित चतरा कान्छीचोक भित्री पक्की सडक खण्डमा कान्छीचोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र कालाबन्जारबाट कान्छीचोकतर्फ आउँदै गरेको प्र१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका क्रममा बाबुछोरासहित तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी नपा ६ बस्ने ३४ वर्षीय इनर्चन चौधरी, उनले चलाएको मोटरसाइकल पछाडि सवार उनका छोरा ९ वर्षीय प्रनिश चौधरी रहेका छन् । उनकी श्रीमती ३२ वर्षीय प्रतिक्षा चौधरी गम्भीर घाइते बनेकी छिन् ।
को३३प ९६०५ नम्बरको मोटरसाइकल चालक इनरुवा ६ बस्ने ५० वर्षीय विन्दु यादवको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकल पछाडि सवार इनरुवा ७ बस्ने ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते बनेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार १५ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend