Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लुटिएका सामान नकिन्न प्रहरीको आग्रह

हाम्रो कोशी आवाज
भाद्र २७ २०८२, शुक्रबार
लुटिएका सामान नकिन्न प्रहरीको आग्रह

धरानः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लुटपाटका सामान खरिद नगर्न सूचित गरेको छ।
यहि भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन, बैंक बित्तीय संस्था लगायतका संरचनाहरूमा आगजनी र तोडफोड गर्नु पूर्व त्यस्ता भवनहरूमा रहेका ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य बस्तु, हातहतियार, अन्य महत्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरि लगी बजारमा बिक्री बितरण गरिरहेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ।
सो सम्बन्धमा ब्यूरो एवम् अन्य प्रहरी कार्यालयहरूबाट अनुसन्धान भइरहेको हुदाँ त्यस्ता सरसामानहरुको खरिद तथा बिक्री नगर्न नगराउन ब्यूरोको आग्रह छ।
साथै सो सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना दिन हुन र त्यस्ता सामानहरू प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउन हुन समेत प्रहरीको आग्रह छ।
अन्यथा यस्ता चोरी तथा लुटपाट भएका सामानहरूको खरिद बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानुन बमोजिम अनुसन्धान गरी कारबाही हुने जनाइएको छ।

प्रकाशित मिति: भाद्र २७ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend