Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हर्क साम्पाङको पार्टीले ७ मिनेट समय बोल्न पाएपछि…

हाम्रो कोशी आवाज
चैत्र १९ २०८२, बिहिबार
हर्क साम्पाङको पार्टीले ७ मिनेट समय बोल्न पाएपछि…

धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा १ घण्टा ७ मिनेट बोल्न मन रहेको बताएका छन् ।
आजबाट प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्दैछन् ।
शुभकामना मन्तव्यका लागि दलहरूको सांसद् संख्याको आधारमा समय विभाजन गरिएको छ । त्यसअनुसार श्रम संस्कृति पार्टीले ७ मिनेट समय पाएको छ ।
श्रम संस्कृति पार्टीबाट अध्यक्ष साम्पाङले नै सम्बोधन गर्दैछन् । ‘७ मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो । ७ मिनेट होइन १ घण्टा ७ मिनेट बोल्न मन छ’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र विकासको आकांक्षालाई लिएर ।’

प्रकाशित मिति: चैत्र १९ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend