Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हर्क साम्पाङ भन्छन्– यसकारण पर्चासहितको विरोध

हाम्रो कोशी आवाज
जेष्ठ ४ २०८३, सोमबार
हर्क साम्पाङ भन्छन्– यसकारण पर्चासहितको विरोध

धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन आफुहरुले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताएका छन् ।
सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले जनताका प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएका कारण प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउन आफुहरुले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताएका हुन् ।
प्रधानमन्त्रीले थिति बनाउन नसके आगामी दिनमा बेतिथीहरु मौलाउदै जाने उनले बताए । संसदभित्र पर्चा देखाएर विरोध गर्न मिल्छ ? भन्ने संचारकर्मीको प्रश्नमा अध्यक्ष साम्पाङले कानून बनाउने मान्छेलाई कानून नसिकाउन सुझाव दिए ।
उनले संसदभित्रै जस्तोसुकै स्वरुपमा विरोध गर्न सक्ने गरि आगामी दिनमा कानून बनाउने समेत उल्लेख गरे । प्रधानमन्त्री सदनमा आउनुपर्छ भन्ने कानूनमा भएको व्यवस्थालाई प्रधानमन्त्रीले नै उलंघन गरेको उनको भनाइ छ । राईले व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।
आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) विषयक छलफलमा भाग लिँदै अध्यक्ष राईले न्यून रकमको कर तिर्न पनि टाढाटाढाबाट कर कार्यालय धाउनुपर्ने जनगुनासो आएकाले यसलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।
उनले सभाको बैठकप्रति सरकार जिम्मेवार नदेखिएकाले आफूहरूले ‘प्ले कार्ड’ राखेर विरोध गरेको जनाए । सांसद राईले सप्तकोशी धरान क्षेत्रका तटबन्ध, खानेपानी र ल्याण्डफिल्ड साइट निर्माणका विषय आगामी बजेटमा समावेश हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: जेष्ठ ४ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend