Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा धानको पकेट क्षेत्रमा रोपाइँको रौनक, पानमारा मन्सुली हराउँदै (५७ तस्वीर र भिडियोसहित)

हाम्रो कोशी आवाज
असार १५ २०८३, सोमबार
धरानमा धानको पकेट क्षेत्रमा रोपाइँको रौनक, पानमारा मन्सुली हराउँदै (५७ तस्वीर र भिडियोसहित)

धरानस्थित पानबारी तथ्याङ्कमा धानको पकेट क्षेत्र हो । तर मुख्य ब्राण्ड पानमारा मन्सुली माँसिदै गएको छ । खेतमा बीउ छैन । बजारमा ब्राण्ड भने बिक्रीमा छ । पानबरीको आफ्नै ब्राण्ड पानमारा मन्सुली किसानले बीउ फेर्दै आएपछि लोप भएको छ ।
केही वर्षअघिसम्म धानको पकेट क्षेत्र थियो पानबारी । पानमारा मन्सुलीले परिचित चामल पूर्वमै अत्यधिक माग हुन्थ्यो । अहिले खेतमा पानमारा मन्सुली धानको बीउ माँसिदै गएको छ । रोगकीराको प्रकोपका कारण मासिएको पानमारा मन्सुलीलाई मिथिला, राधा १२, रन्जितलगायतका बिउले प्रतिस्थापन गरेको छ । पानमारा मन्सुलीमा रोगकीराको अत्यधिक प्रकोपका कारण किसानहरुले लगाउनै छाडेको कृषकहरू बताउँछन् । एक कट्ठामा ५ मनसम्म उत्पादन हुने पानमारा मन्सुली धानको बीउ खेतमा हराउँदै गएको छ तर बजारमा ब्राण्ड भने बिक्री भइरहेको छ ।
धान रोपाइँको रौनक भने छँदैछ । विद्यार्थी, स्थानीयबासीको भव्य उपस्थितिमा यसरी धान रोपाइँ सम्पन्न भयो । सहभागी कृषि सहकारी संस्थाले यस्तो जमघट कार्यक्रमको आयोजना गरेको हो ।

प्रकाशित मिति: असार १५ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend