Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शिक्षकलाई खुल्ला पत्रः मन छुने गरी नपढाउने र पढ, पढ दुःख पाइन्छ भन्दैमा पढ्न बस्लान् त ?

हाम्रो कोशी आवाज
चैत्र ५ २०७६, बुधबार
शिक्षकलाई खुल्ला पत्रः मन छुने गरी नपढाउने र पढ, पढ दुःख पाइन्छ भन्दैमा पढ्न बस्लान् त ?

हरेक शिक्षकले कक्षाकोठामा आफ्ना विद्यार्थीहरुलाई पढाउँछन्, बुझाउछन् र सम्झाउँछन् पनि । तर अधिकांश विद्यार्थीहरूले भने शिक्षकका ती सबै प्रयासहरूलाई निकम्मा बनाइ पठाउँछन् । यस्तो हुनुको मुख्य दोषी को ? के हामी शिक्षकले यो कुरा कहिल्यै विचार गरेका छौं ?
हरेक व्यक्तिको जन्म र बच्चापनको प्रक्रिया सम्भवतः एउटै हुन्छ । तर जवानीमा भने तिनीहरूको जीवनस्तर फरक फरक हुन्छ किन ? के कारणले हुन्छ ? उच्चस्तरको जीवनयापन लागि के गर्नुपर्छ ? हामीले विद्यार्थीलाई कहिल्यै सिकायौं ? कहिल्यै सोध्यौं ? खाली पढ, पढ शिक्षाको महत्व छ मात्र भनेर पुग्दैन ।
घण्टौं मोबाइल खेल्दा वा टिभी हेर्दा नलाग्ने अल्छी एकछिन किताब पढ्न बस्दा शुरू हुन थाल्छ । पक्कैपनि हामी शिक्षकले अनुभव गरेका त छौं । त्यसको शिकार सायद हामी पनि भएका छौं होला । अल्छी लाग्नुको पछाडिको कारण के हुन सक्छ ? हामीले विद्यार्थीहरूलाई भनेका छौं त ? यस्तो प्रकारको गलत बानीलाई किन छुटाउने ? यसका लागि के गर्नुपर्छ ? यस सम्बन्धमा उनीहरूलाई मन छुने गरी कहिल्यै सिकाएका छौं ? खाली पढ, पढ अन्यथा दुःख पाइन्छ भन्दैमा मात्र उनीहरू पढ्न बस्लान् त ?
हो, पढाइ आफैमा दिक्दारी प्रकृतिको हुन्छ । यसको लागि हरेक शिक्षकले पढाइमा मनोरञ्जनात्मक रस वा मज्जा भर्न सक्नुपर्छ अर्थात् पढाइमा मनोरञ्जनात्मक रस भर्ने उपायहरूको बारेमा विद्यार्थीहरूलाई सिकाउन सक्नुपर्छ । जबसम्म विद्यार्थीहरूलाई किन पढ्ने ? के का लागि पढ्ने ? भन्ने कारण पहिचान गराउन सकिन्न तबसम्म उनीहरू पढाइ लेखाइप्रति विल्कुलै इमान्दार बन्न सक्दैनन् र रुचि पनि सिर्जना गर्दैनन् अनि शिक्षकले पढाएका विषयवस्तुमा ध्यान पनि दिँदैनन् । 
हरेक काम गर्नुको पछाडि स्पष्ट कारण चाहिन्छ भने झैं पढ्नुको कारण वा उद्देश्य के हो ? तिमी किन र के का लागि पढ्ने ? जे का लागि पढ्ने हो त्यो कहिले प्राप्त गरिसक्ने ? त्यसका लागि के कस्ता कार्यहरू गर्ने ? यस सम्बन्धमा हरेक विद्यार्थी स्पष्ट हुनु नितान्त जरुरी छ । किनभने कुनै पनि व्यक्तिलाई उसको स्पष्ट उद्देश्यले नै काम गर्न हरदम हरपल निर्देशित गर्दछ । अनावश्यक कार्य गर्नबाट विस्तारै विस्तारै विकर्षण गर्दै अर्थात् छुटाउँदै लैजान्छ । आफ्नो कार्य गर्नमा आत्म उत्प्रेरित गरिरहन्छ । जसले व्यक्तिलाई उसको कार्यमा एक प्रकारको मनोरञ्जन प्रदान गर्न थाल्छ र ऊ खुशी महसुस गर्दछ ।
हामी शिक्षकले विद्यार्थीहरूको बाल मनोविज्ञान बुझ्दै उनीहरूको अन्तर मनको इच्छालाई समाजको आवश्यकतासँग जोडेर पनि पढाइप्रति रुचि जागृत गराउन सकिन्छ । हामीले प्रदान गर्ने यस्तो प्रकारको विश्वासिलो शैक्षिक वातावरणले उनीहरूलाई पढाइप्रति जबरजस्त आकर्षित गर्दछ र आफ्नो इच्छालाई लक्ष्यमा बदल्न मानसिकरूपले तयार पनि पार्दछ ।
विद्यार्थीको हकमा पढ्नुको कारण भनेको उसको स्पष्ट लक्ष्य नै हो । उक्त स्पष्ट लक्ष्य प्राप्ति उसको जीवनको प्रमुख सपना हो । हामी के कुरामा छर्लङ्ग हुनुपर्छ भने लक्ष्यको महत्वको आधारमा नै शिक्षाको महत्व निर्धारण हुन्छ । उदाहरणको रूपमा शिक्षा भनेको पानी हो भने लक्ष्य भनेको व्यक्तिमा लाग्ने तिर्खा हो । तिर्खा नलागुन्जेलसम्म पानीको महत्व नहुन सक्छ । त्यसैले उत्प्रेरणाद्वारा तिर्खा जगाउन सक्नु शरीरको लागि महानता हो । यसलाई हृदयङ्गम गर्दै हामी हरेक शिक्षकले विद्यार्थीहरूलाई शिक्षाको महत्वमा केन्द्रित हुनुभन्दा उसको लक्ष्यको महत्व स्पष्ट पार्न सक्नुपर्छ ।
यहाँ प्रश्न के उठ्छ भने लक्ष्य नै सबथोक हो ? विल्कुलै होइन । लक्ष्यले केवल व्यक्तिलाई जोश–जाँगर मात्र प्रदान एक महत्वपूर्ण शक्ति हो । यसले मात्र सफलता प्राप्तिको ग्यारेण्टी भने नदिन सक्छ । त्यसैले लक्ष्य पूरा गर्न स्पष्ट योजना, योजना कार्यान्वयनका लागि सफल कार्य प्रक्रि या र उच्च मनोवृत्ति अनिवार्य हुनुपर्छ । जुन कुरा हरेक शिक्षकले विद्यार्थीहरूलाई सिकाउन सक्नुपर्छ ।
व्यक्तिगत विभिन्नतालाई मध्ये नजर गर्दै विद्यार्थीहरूलाई पढाइप्रति रुचि बढाउँदै सिकाइ प्रभावकारिता अभिवृद्धि गर्नका लागि निश्चित गतिशील प्रणालीको विकास गर्दै प्रजातान्त्रिक बाल केन्द्रित शिक्षण विधिको प्रयोग अनिवार्य गर्नुपर्छ । समतामूलक शिक्षाको अपरिहार्यतालाई आत्मसाथ गर्दै विषयवस्तु बुझे नबुझेका विद्यार्थीहरूलाई समावेश गर्दै अलग अलग समूह निर्माण गरी बुझेका विद्यार्थीद्वारा नबुझेका विद्यार्थीहरूलाई सिकाउन लगाउन सकेको खण्डमा पनि पढाइप्रति रुचि जगाउन र शैक्षिक गुणस्तर बढाउन सकिन्छ । यसले उनीहरूमा रट्ने होइन बुझ्ने र बोध गर्ने बानीको विकास हुन जान्छ । अन्ततः उनीहरू स्वतस् स्फूर्त रुपमा कर्तव्यनिष्ट भइ निरन्तरूपमा पढ्न तयार हुन्छन् । लेखक धरानका स्कुल, कलेजका अध्यापक हुन् ।

प्रकाशित मिति: चैत्र ५ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ५ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend