Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पार्टीको भूमिका शुन्य

हाम्रो कोशी आवाज
जेष्ठ ६ २०७७, मंगलबार
पार्टीको भूमिका शुन्य

विश्व महामारी कोरोनााको कहरबाट देश सङ्कटमा परेको डेढ महिना नाघिसक्यो । एउटा ठूलो हिस्सा श्रमजीवी वर्गको बसोबास रहेको देशमा यति लामो लकडाउन हुँदा आम श्रमजीवी हुँदा खाने वर्गमा कस्तो समस्या छ भनेर बुझ्न दलीय ब्यवस्थामा राजनीतिक पार्टीहरुले महत्वपूर्ण भूमिका निभाउनुपर्ने हो तर त्यो हुन सकेको छैन ।
एकातर्फ नेपाली भूमि मिचिएको छ भने अर्कोतर्फ कोरोनाको कहरबाट हुँदा खाने वर्ग खाद्यान्न सङ्कटमा छन् । यस्तो विषम परिस्थितिमा राष्ट्र गुज्रेको बेला राजनीतिक पार्टीहरू एक भएर माटो र जनताको रक्षा गर्न नसक्नु राजनीतिक दलहरूको ठूलो कमजोरी हो । खाली एक अर्कोतर्फ आरोप प्रत्यारोप गरेर समय बर्बाद पारेर भाषण सुनाउने कु–सस्कार अब बन्द गर्नुपर्छ । यतिबेला जनतालाइ भाषण होइन भारतले मिचेको जमिन फिर्ता गर्ने सामूहिक प्रयास र काम नहुँदा मजदुर, किसान र गरिब जनतालाई बिहान–बेलुका हात मुख जोड्ने ब्यवस्था चाहिएको छ । यस्तो सङ्कटको घडीमा राजनीतिक पार्टीहरूले भाषण मात्र गर्ने कि यस्तो अवस्थामा दल जनताकै लागि रहेछन् भन्ने आम जनतामा महसुस हुने गरी काम पनि गर्ने ? यो राजनीतिक दल चिन्ने समय पनि हो ।
निरन्तरको लकडाउनका कारण निम्न वर्गीय गरिब जनता अभावमा छटपटिँदै गरेका बेला राजनीतिक पार्टीहरू एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै गम्भीर राजनीतिक चलखेलमा ब्यस्त हुनु कतिको ठीक हो स्वयं पार्टीहरूले बुझ्ने कुरा हो । जुन काम जनउत्तरदायी राजनीतिक पार्टीले यो घडीमा गर्नै नहुने कार्य हो । यो घडीमा त सत्ता पक्ष प्रतिपक्षलगायत सबै मिलेर जनताका घरघरमा पुगेर जनताका समस्या समाधान गर्नुपर्ने हो ।
साँच्चिकै जनताकै लागि पार्टी खोलिएका हुन् भने आउने निर्वाचनमा गर्ने खर्च यो सङ्कटमा गर्नुपर्छ ताकि अर्को निर्वाचनमा खर्च गर्नु नपरोस् । सत्ता पक्षको मात्र दायित्व हो हाम्रो होइन भन्ने प्रतिपक्ष लगायतका दलहरू फेरि सरकारमा जाने कि नजाने फेरि जनतासँग मत माग्ने कि नमाग्ने सत्तापक्षको त त्यसैपनि अनिवार्य दायित्व हो तर प्रतिपक्षचाहिँ किन भूमिकाविहीन बन्ने के चुनाव जित्दा जनताले भोट हाल्दा मात्र जनताको काम गर्ने चुनाव हार्नेबित्तिकै जनतासँग बदलाको भावना लिने । यसरी जनतासँग बदलाको भावनाले गर्ने राजनीति कहिल्यै सफल हुने छैन । अनि सत्तापक्षले चाहिँ यो समयमा प्रत्येक नगारिकले साँच्चिकै मेरो सरकार रहेछ भन्ने गरी दुःखमा साथ र सहयोग गर्नु पर्छ कि डेढ महिनामा १०–२० किलो चामल दिएर कर्तव्य पूरा भयो भनेर गमक्क पर्नुपर्छ । यसले आम जनता र सरकारको सम्बन्ध कस्तो बनाउँछ यस विषयमा सत्तापक्ष दल अलिक जिम्मेवार बन्नुपर्छ ।
सत्तापक्षका आम कार्यकर्ता पनि जिम्मेवार र कर्तव्यनिष्ट बन्नुपर्छ । सत्तापक्ष र प्रतिपक्षलगायत सबै राजनीतिक पार्टीहरूले यति सोच्नुपर्छ कि निर्वाचन हरेक ५ वर्षमा अनिवार्य आउँछ र फेरि हामीले जनताकै मतले जितेर सत्तामा पुग्नुपर्छ भन्ने हेक्का राख्न जरुरी छ । चुनाव जित्नेहरू गमक्क पर्ने र चुनाव हार्नेहरु फनक्क फन्किने राजनीतिक संस्कार अब राख्नु हुँदैन । राजनीति गर्नेहरू निःस्वार्थ बन्न जरुरी छ । राजनीति त्यस्ताले मात्र गर्छन् जसले आफ्नो सम्पूर्ण जीवन निस्वार्थ जनताको सेवामा लगाउँछन् । जनतालाई सत्तामा पुग्ने भरयाङ मात्र सम्झेर राजनीति गर्नेहरूले अब राजनीतिबाट सन्यास लिए हुन्छ ।
राणा पञ्चायत र निरंकुश राजतन्त्रको अन्त्य किन र के का लागि भएको थियो । त्यसबेलाको कठोर अनि बलिदानीपूर्ण सङ्घर्षमा ज्यानको बाजी लषएर जनता किन लागेका थिए र आजको ब्यवस्था कसरी आयो भनेर बुझ्न जरुरी छ । ७० वर्षदेखि जनताले भाषण सुने । अब त रासन पाउने बेला हो किन जनता आज पनि पुगेन र छैन भन्न बाध्य छन् यो कुरा राजनीतिक पार्टीहरूले बुझ्न जरुरी छ ।
‘काम चलो भाँडो आफल तेरो ठाडो भने झै गर्न हुँदैन । सबै दलहरू सङ्कटमा एक हुने हो भने कुनै पनि जनताले कुनै समस्या झेल्नु पर्दैन यदि साँच्चै इमान्दारपूर्वक सबै राजनीति दलहरू मिलेर जनताप्रति उत्तरदायी बन्ने हो भने डेढ महिना त के एक वर्ष पनि जनताले सङ्कटको महसुस गर्नु पर्दैन । सङ्कटको घडीमा जनता नचिन्ने र जनताका समस्या नबुझ्ने पार्टीहरूलाई यसैगरी जनताले बदला लिए भने के हुन्छ यो पनि मनन गर्नु पर्छ ।
अन्त्यमा यस्तो सङ्कटको घडीमा सबै देशको शक्ति एक भएर लागौं राज्य कोष बाटै जनताको घर घरमा परेको अभावको परिपूर्ति गरौं । पहिला मान्छे बचाऔ अनि बिकास गरौंला । भारतले मिचेको भूमी जसरी पनि फिर्ता गरौं । शीर्ष तहबाट यसको पहल थालियोस् । देश र जनताको पक्षमा हुने काममा सत्तापक्ष र प्रतिपक्ष नबन्नुस् । घर्मै बसौ आफू पनि बाँचौ अरूलाई पनि बचाऔं । मिलेर यो महामारीको सामना गरौं । मिचिएको जमिन फिर्ता लिन पहल गरौं ।
लेखकः नेपाल बसोबास बस्ती संरक्षण समाजका महासचिव हुन् ।

प्रकाशित मिति: जेष्ठ ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ५ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend