२९ मे का दिन विश्वको सबैभन्दा अग्लो हिमशिखर अर्थात् हिउँको चुली अथवा भनौं सगरमाथा (चोमोलुङमा) को शिरमा मानव जातिले प्रथमपटक विजय प्राप्त गरेको अर्थात् पाइला टेकेको दिन हो । यसरी सन् १९५३ मे २९ मा सगरमाथा, चोमोलुङमाको शिरमा पाइला टेक्ने मानव ‘य थिए (नेपालका तेन्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्डल हिलारी ।’ यसरी हेर्दा सगरमाथा अर्थात् चोमोलुङमामा मानव पाइला पुगेको गएको मे २९ मा ६६ वर्ष पूरा भएर ६७ वर्ष लागेको छ ।
जब सगरमाथा अर्थात् चोमोलुङमा विश्वकै अग्लो हिमशिखर हो भन्ने प्रमाणित भयो त्यसपछि र विश्वव्यापी रुपमा प्रचारप्रसार हँुदै गएपछि विश्वभरिका पर्वतारोहीहरुका लागि यो हिमशिखर जसरी भए पनि एकपटक चढ्नका लागि तँछाडमछाड हुँदै गयो र गएको छ । यसरी हेर्दा विश्वका एक से एक पर्वतारोहीहरु सगरमाथा अर्थात् चोमोलुङमा चढेर पर्वतारोहणको इतिहासमा आफ्नो नाम राख्नका लागि लाखौं अमेरिकी डलर खर्च गरेर नेपाल आउँछन् भने हाम्रै देश नेपालका कामीरिता शेर्पाले २४ औं पटक, आप्पा शेर्पाले २१ औं पटक, आङरिता शेर्पाले १० औं पटक चढेर पहिलो कीर्तिमान बनाए भने, ११ औं पटक, १२ औं पटक, १३ औं पटक, १४ औं पटक, १५ औं पटक, १६ औं पटक, १७ औं पटक, १८ औं पटक, १९ औं पटक, २० .. औं …, २१ … चढ्ने नेपाली (खास गरी शेर्पा समुदायका पर्वतारोहीहरु) त कति कति ।
हुन पनि प्छिल्लोपटक गएको सिजन (सन् २०१९ को मे) मा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाऊँपालिका थामेका कामीरिता शेर्पाले २४ औं पटक सफलता सगरमाथा अर्थात् चोमोलुङमा सफलतापूर्वक चढेका छन् भने समयले साथ दिएमा भविश्वमा २९–३० औं पटकसम्म चढ्ने चाहना कामीरिताले राखेका छन् । त्यसैले भविश्वमा उनले आपूmले भने जस्तै सगरमाथा अर्थात् चोमोलुङमा चढेर सफलता पाउन् भनी यो पंक्तिकारको अग्रिम शुभकामना रहेको छ । यसै सन्दर्भमा सगरमाथा अर्थात् चोमोलुङमा आरोहणको रेकर्ड राख्नेहरुका बारेमा तल केही लेख्ने जमर्को गरिएको छ ।
हुन त बितेको ६६ वर्षमा सगरमाथा अर्थात् चोमोलुङमा चढेर मानिसहरुले अनेकखाले कीर्तिमानहरु कायम गरिसकेका छन् । जस्तैः सबैभन्दा वृद्ध पुरुष, सबैभन्दा कम उमेर, क्यान्सर रोगी, दुवै हात नभएको, दुवै खुट्टा नभएका, अपाङ्ग (फरक क्षमता भएका), दृष्टिविहीन, सगरमाथा वारपार गर्ने (चीन–नेपाल सीमा छिचोल्ने) वृद्ध महिला, विश्वकै पहिलो महिला, नेपालकै पहिलो महिला, विवाहित विदेशी जोडी, विवाहित नेपाली जोडी, बेलुनिङ गर्ने, स्कीइङ गर्ने, नेपाली पत्रकार, विदेशी पत्रकार, महिला पत्रकार, पुरुष पत्रकार, एक्लै चढ्ने, २० घण्टा सगरमाथाको शिरमा बसेर समय बिताउने, बिना अक्सिजन चढ्ने, एक्लै चढ्ने, भेजेटेरियन, एडस् रोगी, किताब विमोचन गर्ने, गीति एल्बम विमोचन गर्ने, नांगै उभिने, बक्खु लगाएर चढ्ने, दौरासुरुवाल लगाएर चढ्ने, ढाका कपडा लगाएर चढ्ने, गीत गाउने लगायत अनेकौं कीर्तिमान अर्थात् रेकर्डहरु सगरमाथा अर्थात् चोमोलुङमा चढ्ने क्रममा एक किसिमको कीर्तिमानहरुको ओइरो नै लागेको देखिन्छ ।
जे होस्, सगरमाथा अर्थात् चोमोलुङमा आरोहणको कुरो गर्दा सबैभन्दा पहिले चोमोलुङमा अर्थात् सगरमाथा चढ्ने प्रयास् सन् १९२१ मा बृटिस आर्मीका लेफ्टिनेन्ट कर्नेल चाल्र्स हवार्ड बरिको नेतृत्वमा पहिलो प्रयास भएको थियो । तर, उनीहरुले सफलता पाउन सकेनन् । त्यस्तै, चोमोलुङमामा पहिलो मृत्युवरण गर्ने नागरिक पनि बृटिस नागरिक डा. ए.एम. कल्लस हुन् । उनी १९२१ को बृटिस टोलीमा सदस्य थिए । यसरी हेर्दा लगभग ३२ वर्षपछिको प्रयासपछि चोमोलुङमामाथि मानव विजय पाइएको थियो । सन् १९५३ मे २९ तेन्जिङ नोर्गे शेर्पा नेपाल र एडमण्ड हिलारी न्युजिल्याण्डले सगरमाथा अर्थात् चोमोलुङमा चढेर कीर्तिमान कायम गरे । उनीहरु बृटिस टोलीमा सहभागी भएका थिए भने सो टोलीको नेतृत्व वृटिस नागरिक लर्ड जोन हन्टले गरेका थिए । पहिलो पटक एक्लै चोमोलुङमा चढ्ने श्रेयचाहिं रेनहोल्ड मेस्नर इटालीलाई जान्छ । उनले सन् १९८० मे १९ मा उक्त सफलता हात लाए । जसको नेतृत्वचाहिँ पोलिस नागरिक एन्डेजेज स्वाडाले गरेका थिए । उत्तर दिशाबाट पहिलोचोेटि चोमोलुङमा चढ्ने श्रेयचाहिंँ चिनियाँ नागरिकहरु वाङ फु चोउ, गोम्पा र चु यिङ हाउलाई जान्छ । उनीहरुले १९६० मा उत्तरी दिशाबाट चोमोलुङमा सफलतापूर्वक चढेका थिए ।
पहिलो महिला चोमोलुङमा आरोही बन्ने सौभाग्यचाहिँ जापानकी जुन्को ताबेईलाई जान्छ । उनले सन् १९७५ मे १६ मा सफलतापूर्वक चोमोलुङमा शिखरको चुचुरो चुमेकी थिइन् भने उनी सम्मिलित दलको नेतृत्व मिचिओ युआसाले गरेका थिए । त्यस्तै, नेपाली प्रथम चोमोलुङमा महिला आरोही पासाङल्हामु शेर्पा हुन् भने धेरैपटक चोमोलुङमा चढ्ने महिला ल्हाक्पा शेर्पा हुन् । उनले चार पटक चोमोलुङमाको आरोहरण गरिसकेका छन् । पहिलोपटक बिना अक्सिजन चोमोलुङमा चढ्ने श्रेय पनि विदेशीद्वयले पाएका छन् उनीहरु हुन् रेनहोलड मेस्नर र पिटर हब्लर (इटली) । उनीहरुले सन् १९७८ मे. ८ मा बिना अक्सिजन सगरमाथा चढेका थिए ।
चोमोलुङमा शिखरको चुचुरोमा धेरै समय बिताउने श्रेय चाहिँ नेपाली पर्वतारोही स्व. बाबुछिरी शेर्पाले पाएका छन् भने एक सिजनमा दुईपटक चोमोलुङमा चढ्ने श्रेय पनि बाबुछिरीलाई नै जान्छ । तर दुःखको कुरा बाबुछिरी जस्तो चोमोलुङमा आरोहणमा बहुप्रतिभाको धनी अहिले हाम्रो सामू भौतिक रुपमा छैनन् । सबैभन्दा कम उमेरमा चोमोलुङमा चढ्ने श्रेय पनि नेपालीले नै पाएको छ । सन् २००१ मे २३ मा चोमोलुङमा चढ्दा तेम्बाछिरी शेर्पाको उमेर १५ वर्ष १८ दिनको थियो भने उनीभन्दा अघि पनि नेपालकै शम्भु तामाङले १८ वर्षको उमेरमा चोमोलुङमा चढेर रेकर्ड राखेका थिए । यद्यपि उहाँले सो आरोहण कान्छो आरोहीको रेकर्ड राख्न नभई तल्लो भेगकाले चढ्न सक्छ कि सक्दैन भनेर प्रयास गरेका थिए तर सफल भएको बताउनुहुन्छ । त्यस्तै, उहाँले सन् १९८५ मा उत्तरी मोहडाबाट पनि आरोहरण गर्नुभएको थियो । त्यसैगरी शिखरबाट प्याराग्लाइडिङ गर्ने प्रथम चोमोलुङमा आरोही फ्रेन्च नागरिक जिन मार्क बोइभिन हुन् उनले सन् १९८६ मा चोमोलुङमाको चुचुरोबाट प्याराग्लाइडिङ गरेका थिए ।
मान्छेको इच्छा पनि अनेक खाले हुन्छ । त्यस्तै स्कि खेलेर चोमोलुङमाको चुचुरोबाट तल झर्ने कामचाहिँ स्लोभेनियाका दाभो कानीकारले गरे । उनले सन् २००० अक्टोबर ७ मा चुचुरोबाट स्कि खेलेर आधार शिविर झरेका थिए । चोमोलुङमा चढ्ने र कीर्तिमान कायम गर्ने काम सवलाङगले मात्र होइन अन्धा अपाङ्गले समेत गरेका छन् । सन् १९९८ मे २७ मा टम ह्विटकर नामक अमेरिकी अपाङ्ग नागरिकले चोमोलुङमाको चुचुरोमा पुगेर अपाङ्गहरुले पनि अवसर पाएमा सपाङ्ग सरह काम गर्न सक्षम हुन्छन् भनेर प्रत्यक्ष देखाइदिए । त्यस्तै नेपाली अपाङ्ग आरोही ङवाङ शेर्पाले पनि चोमोलुङमा आरोहण गरी नेपाली अपाङ्गहरु पनि कम छैनन भनी देखाइदिए ।
त्यस्तै, यहुदी मूलका इरिक वेइनमेयर नामक अन्धो अमेरिकी नागरिकले पनि सन् २००१ मा संसारकै छानो चोमोलुङमाको शिखरमा पुग्न सफल भएर दृष्टि भएर पनि दृष्टिदोष भएकाहरुका लागि उनी एक चुनौती भए अर्थात आँखा भएर पनि अन्धो बन्न विवशहरुलाई उदाहरणीय काम गरेर देखाए र प्रेरणाको स्रोत बन्न सके । रेकर्ड राख्ने क्रममा प्रथम विवाहित जोडीमा दर्ज हुने अवसर भने युगोस्लाभियाका एन्ड्रेज र मारियाले पाएका छन् । उनीहरुले सन् १९९०, ७ अक्टोबरमा सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । यसैगरी समुद्रदेखि चोमोलुङमाको चुचुरोसम्म अर्थात सी टू समिट गर्ने श्रेय चाहिं अष्टूेलियाली नागरिक टिम म्याकार्टनी स्नेपले सन् १९९० मा पाएका छन् कलकतादेखि पैदल यात्रा गर्दै चोमोलुङमाको चुचुरोसम्म पुगेका थिए ।
त्यस्तै, नेपालका स्व. लोप्साङ जाङ्बु शेर्पाले विभिन्न पहिरनमा चोमोलुङमा े चढ्नेको नाम दर्ता गराएका थिए । उनले शेर्पा पहिरन, दौरा सुरुवाल र कराँते खेलमा लगाइने पहिरनमा चढेका थिए । यसरी हेर्दा पहिलोपटक चोमोलुङमा चढ्नेहरुको एकै दिन ठूलो भीड अर्थात एकैदिनमा धेरै व्यक्तिले चढेको दिन हो, (सन् २००२ मे १६ । जुन दिन ६१ जनाले एकैदिनमा सगरमाथा चढेका थिए । यिनीहरु सबैले नेपालको बाटो भएर चढेका थिए । त्यस्तै, एकै वर्षमा धेरै आरोहीहरुले चोमोलुङमा चढेको पहिलो वर्षचाहिँ सन् १९९३ हो । जुन वर्ष १२९ जना आरोहीले चोमोलुङमा चढेका थिए । त्यसपछि यो वर्षको वसन्त ऋतु (सन् २०१९ मे) मा हो । जुन भीडमाथि विश्वभरिकै सर्वसाधारण मान्छेहरुको समेत ध्यान खिचेको, पुगेको थियो भने सगरमाथाको अस्तित्व चीरकालसम्म कायम रहोस् । भनी सान्त्वना दिने धेरै वातावरणवित्हरुले सो भीडमाथि चिन्ता व्यक्त गरेका थिए । भलै अरु सिजनमा जस्तो सबै दिन मौसम खुल्ला नभएर यो सिजनमा एक दिन मात्रै मौसम खुल्ला वा भनौं आरोहीहरुका लागि अनुकूल भएकोले एकै दिन धेरै आरोहीहरु चोमोलुङमाको चुचुरोमा पुगेका हुनाले ट्राफिक जाम हुन पुगेको थियो भने केही आरोहीहरुले सोही कारण ज्यानसमेत गुमाएका थिए ।
जे होस्, उमेर र लिङ्गको हिसाबले सबैभन्दा पाको उमेरकी महिला आरोहीमा दरिने महिला पनि जापानकी तामा वान्तानावे हुन् । सन् २००२ मे १६ मा चोमोलुङमा चढ्दा उनको उमेर ६३ वर्ष भएको थियो । उत्तर–दक्षिण दुवै दिशाबाट आरोहण गर्ने प्रथम महिला रसियाकी क्यान ओ डोड हुन् । उनले सन् १९९६ मे २५ मा दक्षिणबाट र सन् १९९९ मा उत्तर तर्फबाट चोमोलुङमा चढेकी थिइन् ।
कीर्तिमान राख्ने सिलसिलामा नेपाली पत्रकार आङछिरिङ शेर्पाले नेपालको प्रथम पत्रकारको रुपमा चोमोलुङमा चढे भने सबभन्दा पाको उमेरमा चढेर ७० वर्षीय जापानीज युचिरो मिउराले रेकर्ड तोडेका थिए । उनका छोरोले पनि सँंगै सगरमाथा चढेर बाबुछोरा आरोहीको रेकर्ड पनि बनाएका थिए । उक्त रेकर्ड नेपालकै ७७ वर्षीय शेरचनले तोडेता पनि उनले आफ्ना जे होस्, कीर्तिमानकै क्रममा सबभन्दा छिटो १२ घण्टा ४५ मिनेटमा पेम्बा दोर्जे शेर्पाले चोमोलुङमा चढेको ५ दिनपछि लाक्पा गेलु शेर्पाले १० घण्टा ५६ मिनेटमै सफल आरोहण गरे । त्यसलाई पनि माथ गर्दै अर्को वर्ष उनका प्रतिद्वन्द्वी पेम्बा दोर्जे शेर्पाले ८ घण्टा १० मिनेटमा चोमोलुङमा चढेर नयाँ कीर्तिमान कायम गरे । सबैभन्दा कान्छी आरोही (नेपाली महिला) मिङकिपा शेर्पाले १५ वर्षको उमेरमा तेम्बाछिरीको कीर्तिमान भंग गरे । (तर, सगरमाथा अर्थात् चोमोलुङमा चढ्नेहरुको कीर्तिमानीहरुको सूचीमा नेपाल सरकारले उनको नाम राखेको छैन) त्यस्तै कीर्तिमानहरुको सिलसिलामै मोनी मुलेपती र पेम्बादोर्जे शेर्पाले चोमोलुङमाको चुचुरोमा विवाह गरी पहिलो संसारको सबैभन्दा उच्च स्थानमा विवाह गर्ने जोडीमा दरिए । तर, कीर्तिमानको क्रममा विकृतिहरु देखिन थालेपछि तत्कालीन श्री ५ को सरकारले २०५९ चैत्र १८ गते सोह्र वर्ष मुनिकालाई नेपालबाट आरोहण गर्न अनुमति नदिने नियम लागू गरेको छ ।
चोमोलुङमामा नै किन भीड ?
चोमोलुङमा अर्थात् सगरमाथा नै किन पर्वतारोहीहरुको भीड त ? भन्ने प्रश्नमा नेपाल पर्वतारोहण प्रशिक्षक संघका कार्यसमिति अध्यक्ष एवम् सन् १९९१ को एडभान्स माउन्टेनियरिङ कोर्समा ‘गोल्ड मेडल’ विजेता र हाल पर्वतारोहण प्रशिक्षकहरुको संगठनका अध्यक्ष तथा वरिष्ठ प्रशिक्षक श्री आङनोर्बु शेर्पा भन्नुहुन्छ “पहिले–पहिले पर्वतारोहीहरु आफ्नो देशका साथै आफ्नो इज्जत, मान(सम्मान र अन्तर्राष्ट्रियस्तरको चर्चाको लागि कुनै पनि हिमाल चढ्थे भने हाल आएर कमर्सियल आरोहण हुन थालेको छ ।” उहाँ उदाहरण दिंदै भन्नु हुन्छ “कुनै पनि कम्पनी वा व्यक्तिले ल तँ चोमोलुङमा चढ, तँलाई यत्ति डलर दिन्छु भन्यो भने कुनै पनि आरोही आँखा चिम्लेर दौडन्छ । यस्तै विकृतिको रुपमा हाल विश्वभरिका पर्वतारोहण व्यापारीहरुले जसरी पनि चोमोलुङमा अर्थात् सगरमाथा चढाएरै छाड्ने विज्ञापन गरेर लाखौं डलर कमाउन थालेको धेरै समय भैसकेको छ । पर्वतारोहण क्षेत्रमा चर्चा चलेअनुसार पैसा भने अनुसार तिर्नेलाई अगाडिबाट दुई जनाले तानेर र पछाडिबाट दुई जनाले घचेटेर भए पनि सगरमाथा अर्थात् चोमोलुङमा मात्रै होइन कि, जुनसुकै हिमाल पनि चढाईन्छ । हुन पनि कुनचाहिँं मान्छेलाई संसारकै अग्लो टाकूरो चोमोलुङमा अर्थात् सगरमाथा चढ्न पाए अभिमान नहुँदो हो ?
त्यसैले त विश्वका विभिन्न देश जस्तै बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका, युरोप आदि देशका पर्वतारोहण तथा ट्राभल–ट्रेकिङसँग सम्बन्धित एजेन्सीहरुले चोमोलुङमा अर्थात सगरमाथा आरोहरण गर्न चाहनेहरुका लागि कर्मर्सियल विज्ञापन गर्दा एक जना व्यक्ति बराबार ६०,०००–६५,००० देखि ७०,०००ं अमेरिकी डलरसम्म लाग्ने भनी विज्ञापन गर्ने गरेका छन् । त्यति मात्रै नभएर आरोहीको शरीरले साथ दिए र, बिरामी नभए जसरी पनि चोमोलुङमा चढाइदिने भनी विज्ञापनमा उल्लेख गर्छन् । तर, आङनोर्बु शेर्पा भन्नु हुन्छ “एक हिमालको हजार शिखर हुन सक्छ । ती मध्ये जहाँ पुगेर आपूm सुरक्षित साथ फर्कन सक्यो, त्यो नै आफ्नो लागि शिखर मान्नु पर्छ । प्रकृति खास गरी हिमालमाथि जबरजस्ती विजय हासिल गर्छु भन्नु मुर्खता मात्रै हो । त्यही मर्खताले गर्दा कतिपय प्रसिद्ध भनी नाम कमाएका आरोहीहरुले पनि अकालमै ज्यान गुमाएका छन् ।”
यस्तै केही मुर्खता बारे उहाँ भन्नु हुन्छ “पर्वतारोहण क्षेत्रमा नाम कहलिएका दुईजना पर्वतारोहीहरु माथि उल्लेख गरिए झैं जसरी पनि चोमोलुङमा चढाएरै छाड्ने विज्ञापन गर्दै र आरोहीहरु ल्याउँदै गरे । तर, कतिपय अवस्थामा उनीहरुले मुखले भने जस्तै सजिलै सगरमाथा अर्थात् चोमोलुङमा चढाउन नसकेर विस्तारै ऋणको भासमा डुबे । त्यसपछि उनीहरुले हिमालमै आप्mनो अमूल्य जीवन सदाका लागि परित्याग गरे ।” हुन पनि पैसाको धमास र सू(गठित शरीरको पूmर्तिले मात्रै त ६ हजार मिटरको ‘टूेकिङ पिक’ समेत चढ्न सकिँंदैन । हिमाल आरोहणको लागि पहिलो सर्त मुख्यतः अनुकूल मौसम हो भने, दोस्रो भनेको शरीर र स्वास्थ्यले साथ दिनै पर्छ । बाँकी तपसिलका कुरो हुन् ।
हिमाल आरोहीका विभिन्न संस्था
हिमाल आरोहण गर्ने पेशेवरहको पनि विभिन्न देशमा विभिन्न अल्पाइन क्लबहरु गठन भएको छ । यसैक्रममा फ्रान्समा सन् १८२३ मा गाइड एशोसियसन गठन भयो । सन् १८७४ मा फ्रेन्च अल्पाइन क्लबको गठन भएको थियो । त्यस्तै, सन् १९४२ मा फेडरेसन फ्रेन्च माउन्टेनको जन्म भएको थियो । त्यसपछि सन् १९३२ मा युनियन इन्टरनेशनल एसोसिएसन अफ अल्पाइनको गठन भयो । त्यसको १८ वर्ष पछि सन् १९५० मा एसियाली देशहरुको युनियन अफ एशियन अल्पाइन एसोसिएसनको पनि गठन भयो । अन्तर्राष्ट्रियस्तरको माउण्टेन गाइडहरुको संगठन भने सन् १९६६ मा युनियन इन्टरनेशनल एसोसिएसन गाइड अफ माउन्टेन नामक अन्तर्राष्ट्रियस्तरको गाइडहरुको संघ गठन भयो । हाल यस संघमा नेपालको तर्फबाट पनि प्रतिनिधित्व गराउन पहल भइरहेको श्री शेर्पा बताउनुहुन्छ । जुन संगठन स्विटजरल्याण्डको सेर्बमा गठन भएको थियो भने यसको संस्थापक सदस्यहरु आर. फ्रिसोन रोच (फ्रान्स), पि. गोब्बी (इटली), एक्स काल्ट र एम. डिलेभ्स (स्वीट्जरल्याण्ड) र एच नोक (अष्टिया) हुन् । हाल कुनै पनि क्लाइम्बिक एक्विप्मेन्टमा युआइएएको स्लोगन अनिवार्य रुपमा भएको हुनुपर्छ । नभए अन्तर्राष्ट्रिय मान्यता हुंदैन । यता नेपालमा भने सन् १९७२ मा “नेपाल पर्वतारोहण संघ” गठन भयो भने, पर्वतारोहण प्रशिक्षकहरुले पनि “नेपाल पर्वतारोहण प्रशिक्षक संघ” गठन गरेका छन् ।
हालसम्म मान्यता प्राप्त विश्वका ८ हजार मिटरभन्दा माथिका अग्ला चुचुराहरुका नाम सूची तल दिइएको छ ।
