Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यस्तो कहिलेसम्म ?

हाम्रो कोशी आवाज
जेष्ठ २० २०७७, मंगलबार
यस्तो कहिलेसम्म ?

म हरेक अभिभावकहरूलाई एउटा प्रश्न सोध्न चाहान्छु, ‘के तपाईहरूले आफ्ना सन्तानलाई यौनशिक्षाको वारेमा जानकारी गराउनुभयो ?’ अब लजाउने समय पनि रहेन किनकि, हामी आधुनिकताको चरमोत्कर्षमा पुग्दैछौ नि होइन ?
फलानो ठाउँमा बलात्कार, बलत्कारपछि युवतीको हत्या, नौ वर्षकी बालिकाको ५८ वर्षे पुरूषबाट बलत्कार, सामूहिक बलात्कार आदि आदि । जब बलात्कारको घटना सुनिन्छ तब बलात्कारीसँग रिस उठ्छ । अनि भन्न मन लाग्छ– छयाः बलात्कार, बलात्कार बलात्कार ।
आखिर बलात्कारको घटना किन दोहोरिन्छन् भन्ने विषयमा तपाईले कति गहिराइसम्म पुग्नुहुन्छ, कि गहिराइको डरले किनार छेऊ पुग्न समेत डराउनुहुन्छ ? महिला अधिकर्मी छँदैछन् भनेर तपाई पुरूषलाई पन्छिन सजिलै आउँछ नि है । सलाम छ ती पुरूषप्रति जसले बलात्कारको पक्षमा वकालत गर्नुहुन्छ ।
छोरी जन्मिनेवित्तिकै उनका कर्तव्यहरूको पङ्ती बनाउन हतार हुन्छ नि है, अनि अधिकार किन लुकाउन खोजिन्छ ? अधिकार खोज्दा खोज्दै कति छोरीको त अस्तित्व नै धराप पर्न जान्छ । छोरीलाई सानैबाट लजाउन सिकाउने समाजले कहाँ लजाउनु हुन्छ र कहाँ हुदैन भनेर सिकाउन कन्जुस्याई किन ? छोराले मनपरी खाओस्, हिँडोस्, बोलोस् जे गरोस् वाह हुने अनि तिनै कर्महरूको पचास प्रतिशत छोरीले गरिन् भने छ्या । अनि तपाईले भन्नुहोला त्यो जमाना रहेन अब । हो, तपाईको सहरमा छैन कि । गाउँले समाजको अध्ययन गर्नुस् अनि विस्तृत जानकारी प्राप्त हुनेछ । सलाम छ ती अभिभावकहरूलाई जसले छोरा र छोरीको अन्तरको दुरी घटाउदैँ उदाहरण बन्दै हुनुहुन्छ ।
विशेषगरी छोरीलाई यौनहिंसाजन्य विषयको बारेमा एकदमै ध्यान दिएर सम्झाउनुपर्छ । किशोरावस्थामा पाइला राख्दै गर्दा तीव्ररूपमा हुने शारीरिक परिवर्तनले गर्दा सही र गलत छुट्याउन सक्दैनन् । छोरीले नलजाई आफूमा आउने समस्याहरू आफ्ना परिवारसमक्ष भन्न सकेनन् भने स्थिति भयावह हुन्छ । यौनहिंसाको पनि चरणहरू हुन्छन् । ‘के छ नानी खबर’ भनेर सुरू भएको संवादले बलात्कारसम्म पुग्छ भनेर सोच्नुभएको छ ? आफ्ना छोरीलाई कसैले नराम्रो म्यासेज गरेको छन् छैनन्, उनीहरू को सँग कसरी बोल्छन्, कहाँ जान्छन् आदि साना कुराको ख्याल अभिभावकले गर्नैपर्छ । फेरि यसो भनिरहदँ छोरीलाई बन्धनमा राख्नुपर्छ भन्ने अर्थ होइन । छोरीलाई समस्यासँग डराएर भाग्ने बनाउने होइन समस्या नै आउन नदिने बनाउने जिम्मा तपाई अभिभावकको हो । सलाम छ ती छोरीलाई जसले आफ्नो कुरा निर्धक्कसँग परिवारलाई भन्न सक्छे ।
छोरा तिमी मर्द हो, बहादुर हो भनेर सिकाउनुको औचित्य म देख्दिन । छोरा र छोरी दुवै मर्द र बहादुर हुन्छन् । छोरालाई संस्कार सिकाउन हामी किन चुक्दैछौ भन्ने विषयमा सोच्नुभएको छ ? असल संस्कार दिएको खण्डमा छोरा पनि संस्कारी हुन्छन् । छोरालाई सानैबाट आमाको महत्व र दिदिबहिनीको महत्व सिकाउन कन्जुस्याई नगरौं न हुन्न । धर्मकर्म, भजन, किर्तन, ब्रत गर्नुपर्छ भनेर छोरालाई किन भनिदैन ? छोराले यसो गर्नुहुँदैन भनेर लेखेको छ र कतै ? कि छोराले धर्मकर्म गर्नैपर्दैन ? अलिकति सोचौँ न हुन्न । संकारसहितको शिक्षा छोरालाई आवश्यक छ । अनि छोरालाई पनि यौनहिंसाको शिक्षा दिन अभिभावकले नभुलौं । सलाम छ ती छोरालाई जसले भगवानको किर्तनमा मन लगाउँछन् ।
जसरी पुरूषहरू आफ्नो लक्ष्य पूरा गर्नको लागि आफ्नो परिवार समेत त्यागेर अगाडि बढ्छन्, त्यसैगरी महिलाले अगाडि बढ्न पाएका छैनन् । बन्धनमा रहेका महिलाहरूले स्वतन्त्रताको अर्थ बुझ्न नसकेर महिलाहरू यौनहिंसाको सिकार बन्न पुग्छन् । आफू यौनहिंसामा परेको छु भनेर बुझ्न समेत समय लागेको छ । पुरूषप्रधान समाजलाई पल्टाएर महिला प्रधान बनाउने भन्ने पनि होइन । महिला अगाडि बढ्न हिम्मत र साहस चाहिन्छ । परिवार र समाजले साथ दिएमा बलात्कार हुन पाउने छैन । यौनशिक्षाको पूर्णरूपले ज्ञान पाएका महिलाहरू आफूलाई सुरक्षित बनाउन लागिपरेका हुन्छन् र सफल पनि भएका छन् । सलाम छ ती महिलाहरूलाई जसले यौनहिंसाविरूद्ध खुलेर विरोध गर्दै महिला न्यायको लागि सशक्त भूमिका खेल्दै हुनुहुन्छ ।
बलात्कार आजको मात्र समस्या भने होइन । हुनसक्छ मानव सभ्यातासँगै सुरू भएको हो कि । त्यसबेला गरिने जबरजस्तीकरणीलाई बलात्कार भनिएन सायद । मानव सभ्याता आधुनिकताले बढाउँदै लग्यो । हिजो र आज संसार पूर्णरूपमा बदलिएको छ । एकपल्ट तपाई पुरूषले मनन गर्नुस् कि मैले कति सम्मान गरेको छु अथवा छैन भनेर । ५८ वर्षे पुरूषले ९ वर्षकी बालिकालाई बलात्कार गर्नुपर्ने कारण के हो ? कृपया मलाई कसैले भनिदिनुस् न । घरमा सुरक्षित भएमा समुदायमा सुरक्षित, समुदायमा सुरक्षित भए समाजमा एवम् रितले देशमै सुरक्षित हुन सक्छिन् । कहिले आउला छोरीले निस्फ्रिक्री भएर हिँड्न पाउने, रमाउन पाउने आदि ।
बलात्कार हुने पहिलो कारण आमा तथा चेलीबेटीको महत्व बुझ्न नसक्नु नै हो । बलात्कारीलाई कडा भन्दा कडा सजाय दिन नसक्नु भनेको बलात्कारीलाई उक्साउनु हो । जसोतसो समाए जस्तो गर्ने अनि भित्रभित्रै के के गरेर हिरासतबाट उम्काउने । बलत्कार भएपछि बलात्कार भएको प्रमाण खोज्छ अदालतले,आफै सोच्नुस एक बलात्कृत चेलीले कसरी प्रमाण दिन सक्छिन् ? भत्किएको मन अनि चुँडिएको भविष्यको कसलाई मतलव र यहाँ । बलात्कृत भएपछिको जीवन झन् कष्टप्रद हुदो हो । ओहो, सम्झिँदा मुटु च्वास्स घोच्दछ । महिलालाई निरीह बनाउने परिवार, समुदाय, समाज अनि सिंगो देश नै हो हरेक चेलीको बलात्कार हुनुको कारण । परिवर्तन चुट्कीको भरमा हुने प्रक्रिया त होइन तथापी बिस्तारै बदलिनु जरूरी छ । पुरूषलाई मात्र आरोप लगाउने मेरो मनसाय पटक्कै छैन, कतै महिलाको कारणले पनि चेली बलात्कृत भएकी छिन् । सामाजिक समस्यालाई उन्मुलन गर्न महिला र पुरूष दुवैको साथ र सहयोग आवश्यक छ । तपाईं जिम्मेवारीबाट पन्छिनु हुन्छ भने धिक्कार छ महिला र पुरूष दुवै प्राणीलाई । नेपाललाई कहिले बलात्कारमुक्त देश बनाउने ?

प्रकाशित मिति: जेष्ठ २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ७ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend