Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपाल संक्रमित १५,४९१

हाम्रो कोशी आवाज
असार २० २०७७, शनिबार
नेपाल संक्रमित १५,४९१

धरानः देशभरका २३ वटा प्रयोगशालमा गरिएको परीक्षणमा शनिबार थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २३२ जनामा कोरोना पुष्टि भएको बताए । पछिल्लो २० घण्टामा ४ हजार ५० जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २७२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ६ हजार ४१५ पुगेको छ ।
दुईजनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट थप दुईको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती व्यक्तिहरुको मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो ।
मृत्यु हुनेमा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा असार २० गते शनिबार बिहान ५ बजे मृत्यु भएको बताए । उनी मधुमेहका बिरामी थिए । उनको असार १९ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो । उनी १७ गते कतारबाट नेपाल फर्किएका थिए ।
त्यसैगरी मृत्यु हनेमा रुपन्देही देवदह नगरपालिकाका ७५ वर्षीय वृद्ध रहेका छन् । उनी क्षयरोगको उपचार गराइरहेका थिए । उनको असार १७ गते मृत्यु भएको र कोरोना रिपोर्ट पोजिटिभ भने असार १८ गते आएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
संक्रमित कहाँका ?
मन्त्रालयका अनुसार प्रदेश १ का मोरङका ६, इलामका १, झापाका ५, सप्तरीका ३६, सिरहाका २१, धनुषाका १५, चितवनका ६, नवलपरासी पूर्वका ७, बागलुङका ३ , म्याग्दीका ३, तनहुँका १, स्याङ्जाका १, पाल्पाका ३, प्युठानका २, बाँकेका ५, अछामका ३७, डडेलधुराका ३, डोटीका ३, गुल्मीका ९, कञ्चनपुरका ६, नवलपरासी पश्चिमका ४, पाल्पाका १६, प्युठानका ६, रुपन्देहीका ४, सर्लाहीका १६, सिन्धुपाल्चोकका १२, रोल्पाका २ र दैलेखमा १ जना रहेका छन् ।
बेवास्ता नगरौं
उता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वमा कोरोना भाइरस संक्रमितको संख्या बढ्ने क्रममा नै रहेको बताउँदै प्रभावित सबै मुलुकहरूलाई कोरोनाभाइरसको संक्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्बनका लागि आग्रह गरेको छ ।
संगठनका आपतकालीन सेवा निर्देशक मिखायल ¥यानले सञ्चारकर्मीसँगको भेटमा विश्वमा कयौं राष्ट्रहरूले तथ्यांकले के भनिरहेको छ भन्ने कुरामा बेवास्ता गरिरहेको बताउँदै महामारीलाई नियन्त्रणमा लिन कहिल्यै पनि धेरै ढिलो गर्नुहुँदैन ।’
‘अर्थतन्त्रलाई चुस्त दुरूस्त राख्नुपर्ने बाध्यता कुनै पनि राष्ट्रहरूलाई छ’ उनले थपे, ‘यो सबैले बुझ्न सक्ने कुरा हो तर स्वास्थ्य संकटलाई पनि बेवास्ता गर्नुहुँदैन । यो समस्या जादुमयी तरिकाले हट्नेछैन ।’

प्रकाशित मिति: असार २० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend