Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बेलायतले रोक्यो गोर्खा भर्ती, अवस्था सहज बने उत्तम अंक ल्याउनेलाई मौका दिइने

हाम्रो कोशी आवाज
असार २१ २०७७, आइतबार
बेलायतले रोक्यो गोर्खा भर्ती, अवस्था सहज बने उत्तम अंक ल्याउनेलाई मौका दिइने

धरानः बेलायत सरकारले पहिलो पटक गोर्खा भर्ती रोकेको छ । बेलायत सेनाले शनिबार विज्ञप्ति प्रकाशित गर्दै गोर्खा भर्ती स्थगित गर्नुपरेको जनाएको छ । बेलायतले प्रदेश नम्बर १ को धरान र गण्डकी प्रदेशको पोखराबाट गोर्खा भर्ती लिंदै आएको थियो ।
बेलायत सेनाका बिग्रेड अफ गोर्खाका प्रमुख कर्नेल रिचर्ड गुडम्यानले शनिबार विज्ञप्ति प्रकाशित गरी कोरोनाकै कारण वर्षेनी गरिँदै आएको गोर्खा भर्ती स्थगित गर्नुपरेको जनाएका छन् । बेलायती सेनाले गोर्खा भर्तीका लागि २१ मेदेखि १० जुनलाई पोखरा र २३ मे देखि १० जुनसम्म नयाँ नाम दर्ताका लागि मिति तोकेको थियो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण बेलायतले पहिलो पटक गोर्खा भर्ती रोकेको हो । धरानको क्षेत्रीय छनोट २१ सेम्टेम्बरदेखि १८ अक्टोबर र पोखराको ९ अगस्टदेखि सेप्टेम्बर १० सम्म छनोट मिति तोकिए पनि कोराना संक्रमणका कारण स्थगित भएको हो । यसपटक भर्ती बन्द भएपनि अवस्था सहज भएमा गत वर्ष उत्तम अंक ल्याएर असफल भएकाहरुलाई मौका दिने बताएको छ ।

प्रकाशित मिति: असार २१ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend