Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा संक्रमित १५७८४

हाम्रो कोशी आवाज
असार २१ २०७७, आइतबार
नेपालमा संक्रमित १५७८४

धरानः पछिल्लो २४ घण्टामा नेपालमा थप २९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २९३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६ हजार ५४७ पुगेको छ । २५ प्रयोगशालामा ४ हजार ७१० जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
संक्रमितमध्ये पदेश १ का ताप्लेजुङ २, इलाम १, पाँचथर १, झापा २, मोरङ २ रहेका छन् । यस्तै, कञ्चनपुरमा ३२, रौतहटमा २९, काठमाडौं २७, धनुषा २७, बाजुरा २०, सल्यान १५, कैलाली १४, सुर्खेत १२, कैलाली १३, महोत्तरी १२, प्युठान ११, डडेल्धुरा ९, सर्लाही ७, दैलेख ७, बर्दिया ५, अर्घाखाँची ४, रुकुम पश्चिम ४, बैतडी ३, डोटी ३, ललितपुर २, कपिलवस्तु २, नुवाकोट २, रामेछाप २ सिन्धुपाल्चोक २, तनहुँ २ , कास्की २, रुपन्देही २, भक्तपुर १, सिरहा १, पर्सा १, सल्यान १, मकवानपुर १, बाँके १, म्याग्दी १, धादिङ १, बाग्लुङ १, लमजुङ १, गोरखा १, नवलपरासी १, स्याङ्जा १, अछाम १, बैतडी १ रहेका छन् । मृतकको संख्या भने ३४ छ ।
यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस दिशामा पनि पाइने जनाएको छ ।
मन्त्रालयको वेब साइटको सूचनामा भनिएको छ, ‘संक्रमित व्यक्तिले खोक्दा र हाँच्छयु गर्दा नाक र मुखबाट निस्कने छिटाहरुबाट एक व्यक्तिबाट अर्कोमा सर्दछ । त्यसैले यसको संक्रमणबाट बच्न बेलाबेलामा साबुन पानीले हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने, खोक्दा र हाँच्छयु गर्दा नाक र मुख हात वा टिस्यु वा कुहिनाले छोप्ने, प्रयोग गरेको टिस्यु तुरुन्त फोहर ¥याल्ने ठाँउमा ¥याल्ने र साबुन पानीले हात धुने, र रुघाखोकी लागेको व्यक्तिबाट टाढा बस्ने ।’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र चीन सरकारको संयुक्त टोलीले केही समय अगाडि गरेको कोरोना भाइरस (कोभिड–१९) महामारी अनुसन्धानले दिसामा पनि कोरोना भाइरस देखिन्छ भन्ने पत्ता लगाएको थियो । तर, उक्त अध्ययनले पनि ढल वा दिसामा भएको भाइरसले भन्दा पनि खोक्दा र हाँच्छयु गर्दा नाक र मुखबाट निस्कने छिटाले एक व्यक्तिबाट अर्कोमा सर्दछ भनेको छ ।
मन्त्रालयले राजधानीको ढलको नमूना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएपनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित व्यक्ति वा निको भएपछि ढलमा भाइरसका टुक्रटुक्री देखिएपनि सर्ने खालको नभएको बताएका हुन् । सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि दुई दिनसम्म बाँच्ने उनको भनाइ छ ।

प्रकाशित मिति: असार २१ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend