Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मास्क नलगाई हिँड्नुभएको छ ? अब प्रहरीले समात्छ

हाम्रो कोशी आवाज
असार २२ २०७७, सोमबार
मास्क नलगाई हिँड्नुभएको छ ? अब प्रहरीले समात्छ

फोटोः धरानमा मास्क लगाएर हिँडेका युवायुवती ।

धरानः मास्क नलगाइ घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई बिना मास्क हिँडेको देखेमा पक्रन निर्देशन दिएको हो ।
सरकारले हाल लकडाउन पूर्णरुपमा खोलेको छैन । कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र लकडाउन नखुली व्यवस्थित मात्र गरिएको छ । सरकारले जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सुझाव दिएको छ ।
अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।
मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको गृहका सूचना अधिकारी उमाकान्तले बताए ।

प्रकाशित मिति: असार २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend