धरानः प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले संघीय प्रहरी समायोजन हुँदा प्रदेश नं १ मा करिब ११ हजार प्रहरी भएकामा अहिले आठ हजार मात्र भएकाले विधेयकले पूर्णता पाएपछि रिक्त प्रहरी पूर्ति गरिने बताएको छ ।
उनले प्रहरी समायोजन हुँदा प्रदेश नं १ मा करिब ११ हजार प्रहरी भएकामा अहिले ८ हजार मात्र भएकाले विधेयकले पूर्णता पाएपछि रिक्त प्रहरी पूर्ति गरिने बताएका हुन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफमा उनले उचाइका कारणले प्रहरीमा भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गरिने पनि बताए ।
समावेशिताको सिद्धान्तका आधारमा समानुपातिक ढंगले भर्ना गरिने जानकारी दिँदै उनले प्रदेशमा वरिष्ठ हवल्दार र वरिष्ठ नायब प्रहरी निरीक्षकको अवधारणा सबै प्रदेशसँग मेल खाने भएकाले प्रदेश प्रहरी ऐनमा सो व्यवस्था गरिने र प्रहरीको किताबखाना एउटै हुने बताए ।
सो विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य कुलप्रसाद साँवा, खिनुलङ्वा लिम्बू, जयराम यादव, नवोदिताकुमारी चौधरी, प्रतापप्रकाश हाङ्गाम, बलबहादुर साम्सुहाङ, लछुमण तिवारी, लोकप्रसाद सङ्ग्रौला, शिवनारायण गनगाईँ, लीला सुब्बा र शान्ता पौडैलले प्रदेश प्रहरी ऐन सबल र सक्षम हुने किसिमको हुनुपर्ने धारणा राखेका थिए ।
प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफमा उनले उचाइका कारणले प्रहरीमा भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गरिने पनि बताए ।
सदस्य कल्पनाकुमारी सरदारले कोरोनाका कारण जनतामा निकै समस्या रहेको र अहिले किसानले खेती गर्ने समयमा मल नपाइरहेको तर्फ सरकारको ध्यान जानुपर्ने बताइन् । प्रदेशसभाको अर्को बैठक यही असार २८ गते अपराह्न १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।