Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सिन्धुपाल्चोकमा बाढीले बगाउँदा दुईको मृत्यु, १८ बेपत्ता

हाम्रो कोशी आवाज
असार २५ २०७७, बिहिबार
सिन्धुपाल्चोकमा बाढीले बगाउँदा दुईको मृत्यु, १८ बेपत्ता

धरानः सिन्धुपाल्चोकमा भोटेकोशी र याल्मो नदीमा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।
बाह्रबिसे ५ जम्बुका दुई जनाको शव भेटिएको छ भने १८ जना बेपता भएका छन् । जम्बुमा केही घर बगाएको स्थानीयले जानकारी दिएका छन् ।
जम्बु बाह्रबिसे बजारबाट करीब ३ किलोमिटर माथि पर्दछ । बाह्रबिसे नगरपालिका ३ खागदलमा बाढीले कच्ची र पक्की गरी २० घर बगाएको छ । बाढीले एक स्कर्पियो, एक ट्रक र एक पानी बोक्ने ट्याक्कर बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार बाह्रबिसे नगरपालिका भन्दा माथि खागदल पुल बगाएको छ । पुल बगाउँदा बाह्बिसे माथि र तलको सम्पर्क टुटेको छ । जसका कारण बाढीले क्षति पुरयाएको जम्बुमा प्रहरी पुग्न सकेको छैन् । मध्य भोटेकोशीको निर्माण स्थल पनि बाढीका कारण ध्वस्त भएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका प्रमुख (मेयर) निमफुन्जो शेर्पाले विभिन्न स्थानीय खोलामा उर्लिएको बाढीले ठूलो जनधनको क्षति भएको जानकारी दिएका छन् ।
मेयर शेर्पाले विभिन्न वडामा गरी बाढीले कम्तीमा २४ घर बगाएको, २ जनाको मृत्यु भएको र १८ जना बेपत्ता भएको जानकारी दिए । ‘अहिले म नेपाली सेनाको उद्धार टोलीसँगै घटनास्थलमा छु, उद्धारमा व्यस्त छु, संक्षिप्तमा भन्दा बाह्रबिसे नगरपालिका वडा नम्बर ३ स्थित प्रहरी कार्यालयदेखि केही अगाडि अरनिको राजमार्ग क्षतिग्रस्त भएको छ, वडा नम्बर ९ स्थित पक्की पुलमा क्ष्ति पुगेको छ, वडा नम्बर ५ र ३ मा १२–१३ वटा घर बगाएको छ, मानवीय क्षति भएको छैन,’ उनले भने, ‘यसैगरी वडा नम्बर ७ र ८ को बीचमा रहेको आँधी खोलाको बाढी बस्तीमा पस्दा ११ घर बगाएको छ, २ जनाको लास भेटिएको छ, १८ जना बेपत्ता छन् ।’

प्रकाशित मिति: असार २५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend