Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब जिल्लाभित्र सार्वजनिक बस चल्ने

हाम्रो कोशी आवाज
असार २५ २०७७, बिहिबार
अब जिल्लाभित्र सार्वजनिक बस चल्ने

धरानः सरकारले जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री डा. युवराज खतिवडाले बिहीबार यो निर्णयबारे जानकारी गराएका हुन् ।
जिल्लाभित्र चल्ने सार्वजनिक सवारीमा भौतिक दूरी कायम राखेर मात्रै यात्रुहरु चढाउन पाइनेछ । ती सवारीमा सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्न पाइनेछ । यस्तै, सवारी साधानको ढोकामा सेनिटाइजर अनिवार्य गरिएको छ भने मास्क र सेनिटाइजर प्रयोग गर्न भनिएको छ । चालक र सहचालकले अनिवार्यरुपमा मास्क र ग्लोब लगाउनुपर्नेछ ।
उपत्यकामा तीन जिल्लाभित्र तथा उपत्यका बाहिर जिल्लाभित्र मात्र सार्वजनिक यातायात चलाउने दिने निर्णय सरकारले गरेको हो। त्यस्तै ट्याक्सीमा चालकबाहेक दुई जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिने निर्णय सरकारले गरेको छ ।
सार्वजनिक यातायात तथा ट्याक्सी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने पनि मन्त्री डा. खतिवडाले जानकारी दिए । सार्वजनिक सवारी चलाउँदा सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गर्ने निर्णय पनि सरकारले गरेको छ ।
क्षमताभन्दा आधा मात्र यात्रु बोक्न पाउने भएकाले सञ्चालन खर्च जुटाउन तोकेको भन्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने पनि मन्त्री खतिवडाले जानकारी दिए ।
यसअघि चालक बाहेक दुईजना मात्रै बस्न पाइने गरी नियम बनाइएकोमा अब २ जना बाहेक एकैपरिवारका ५ वर्षमुनिका अरु सदस्यहरु समेत निजी गाडी वा ट्याक्सीमा सवार हुन पाउने छन् ।

प्रकाशित मिति: असार २५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend