धरानः विश्व स्वास्थ्य संगठन डब्लूएचओको विशेषज्ञहरु चीन पुगेका छन् ।
कोरोना भाइरस ‘कोभिड १९’ को स्रोत पत्ता लगाउन डब्लूएचओको टोली चीन पुगेका हुन् ।
समाचार संस्था रोयटर्सका अनुसार डब्लूएचओको टोलीले चिनियाँ वैज्ञानिकसँग मिलेर काम गर्नेछन् । चीनले सुरुमै सही जानकारी नदिएका कारण कोरोनाले महामारीको रुप लिएको भनेर अमेरिकाले आरोप लगाइरहेको सन्दर्भमा यो अनुसन्धानलाई चासोपूर्वक हेरिएको छ । यद्यपी अमेरिकी अधिकारीहरुले कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण भएको समेत आरोप लगाउँदै आएका छन् । एजेन्सी