Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१६,९४५ संक्रमित पुग्दा १० हजार बढी घर फिरिसके

हाम्रो कोशी आवाज
असार २९ २०७७, सोमबार
१६,९४५ संक्रमित पुग्दा १० हजार बढी घर फिरिसके

काठमाडौंः नेपालमा सोमबारसम्म १६,९४५ संक्रमित पुगेका छन् । सोमबार थप १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा नेपालमा १४४ जना कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ५२५ जना रेडजोनमा रहेको बताएका छन् ।
यस्तै, सोमबार एकैदिन १ हजार ७ सय ५ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यो सँगै सोमबारसम्म १० हजार २९४ जना डिस्चार्ज भएका छन् ।
हाल ६ हजार ६१३ जना आइसोलेसनमा रहेका छन् । अहिले क्वारेन्टिनमा बस्नेको संख्या घट्दै गएको प्रवक्ता डा. गौतमले बताए । उनका अनुसार हाल २३ हजार ४७० जना देशभरका क्वारेन्टिनमा रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।
सोमबार प्रदेश १ मा ६ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार सुनसरीका १, झापाका ४ र मोरङका १ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित कहाँका ?
संक्रमितहरूमा काठमाडौंका ३, कपिलवस्तुका ८, भक्तपुरका १, ललितपुरका ५, काभ्रेपलान्चोकका १, म्याग्दीका १, दोलखाका १, मकवानपुरका १, रौटहटका ९, सिन्धुलीका १, बाग्लुङका २, म्याग्दीका १, पर्वतका १, स्याङजाका १, तनहुँका २, कपिलस्तुका १, बर्दियाका २, दाङका २ जना रहेका छन् ।
यस्तै, सप्तरीका १, धनुषाका ११, महोत्तरीका ४, धनुषाका १६, रुकुम पश्चिमका २, बाँकेका १, दैलेखका २, जाजरकोटका १, सुर्खेतका ४१, बझाङका २, बैतडीका २, अछामका १, कैलालीका ११ जना संक्रमित थपिएका छन् ।
हालसम्म २३ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ६ सय १३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: असार २९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend