धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका २५ प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोना पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जनामात्रै उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । मंगलबारसम्म डिस्चार्ज १० हजार ३२८ कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले बताए ।
मन्त्रालयका अनुसार संक्रमित हुनेमा प्रदेश १ मा धनकुटाका ३, सुनसरीका १, तेह्रथुमका १, इलामका २, झापाका १ जना छन् ।
यस्तै, सिरहाका १, धनुषाका २१, महोत्तरीका १९, पर्साका २, गोरखाका २, नुवाकोटका १, काठमाडौंका २, नवलपरासी पूर्वका २, रौटहटका १, सिन्धुलीका १, काभ्रेपलान्चोकका २, ओखलढुंगाका १, कैलालीका १, पाल्पाका ५ , सिन्धुपाल्चोकका १, सुर्खेतका १, प्युठानका ३, बाँकेका १, रोल्पाका ३, बर्दियाका १, दाङका ५, अर्घाखाँचीका ३, दैलेखका ६, अछामका १४, जुम्लाका ४, कञ्चनपुरका १ र कैलालीका ४ जना रहेका छन् ।