Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गोर्खा सैनिकले नेपालमा भत्ता नपाउने निर्णय सच्याउन गेसोको माग

हाम्रो कोशी आवाज
साउन १ २०७७, बिहिबार
गोर्खा सैनिकले नेपालमा भत्ता नपाउने निर्णय सच्याउन गेसोको माग

धरानः गोर्खा सैनिकले भत्ता नपाउने भएपछि निर्णय सच्याउने गेसोले माग गरेको छ ।
नेपाल सरकारले विदेशी सरकारबाट नियमित निवृत्तिभरण पाइरहेका नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेपछि गोरखा भुतपुर्व सैनिक संघ (गेसो) ले विरोध गरेको छ ।
‘यस निर्णयले बेलायती र भारतीय सेनाका वयोवृद्ध पूर्व गोरखा सैनिकहरुले नेपाल सरकारबाट भत्ता नपाउने भएका छन् ।’ विज्ञप्तिमा भनिएको छ–त्यसैले निर्णय सच्याइयोस् ।
नेपाल सरकारको गृह मन्त्रीस्तरीय निर्णयबाट यही असार १७ गते त्यो निर्णय गरिएको र कार्यान्वयनका लागि सम्बन्धित निकायमा परिपत्रसमेत गरिसकिएको छ । नेपाल सरकारको सो निर्णयबाट बेलायती, भारतीय, सिंगापुर प्रहरीबाट अवकाश पाइ हाल नेपालमा पेन्सन पाउँदै गरेका वृद्धवृद्धा प्रभावित हुनेछन् ।
विज्ञप्ति जारी गर्दै नेपाल सरकारको त्यस निर्णय गैरकानुनी र संविधानको मर्मविपरीत रहेको जनाएको छ । सरकारको निर्णय भूतपूर्व सैनिकहरुलाई नै लक्षित गरी आएको आरोप गेसोका सभापति कृष्णकुमार राईले लगाएका छन् । यस निर्णयबाट बेलायती, भारतीय र सिंगापुर प्रहरीबाट अवकाशप्राप्त लाखौं भूतपूर्व सैनिक र उनीहरुका परिवार प्रभावित हुने राईले बताए । गेसोले सरकारको त्यस निर्णय फिर्ता लिन ध्यानाकर्षण गराउँदै फिर्ता नलिइएमा कानुनी उपचार खोज्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: साउन १ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend