Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा संक्रमित १७,३४४

हाम्रो कोशी आवाज
साउन १ २०७७, बिहिबार
नेपालमा संक्रमित १७,३४४

धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना पुष्टि भएको बताए ।
प्रवक्ता गौतमका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । ४ हजार ९८१ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमित निको भई घर फर्केका छन् । क्वारेन्टिनमा २३ हजार ५ सय रहेको उनले जानकारी दिए । अहिलेसम्म नेपालमा कोरोनाका कारण ३९ जनाको ज्यान गएको प्रवक्ता गौतमले बताए ।
कुन प्रदेशमा कति ?
प्रदेश १ मा ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ४, सुनसरीका ४, उदयपुरका १, इलामका ६, मोरङका ३, ओखलढुंगाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौँका १, नवलपरासीका १७, मकवानपुरका ३, बागलुङका २, स्याङजाका १, रुपन्देहीका १, प्युठानका १, बाँकेका ८, सुर्खेतका ३, बर्दियाका १, दाङका १, दैलेखका ६, रुकुमका १, सल्यानका २, जाजरकोटका २, मुगुका १, डढेलधुराका ८, अछामका ४, कैलालीका १४, कञ्चनपुरका १४, , धनुषाका २६, पर्साका २, बाराका १, रौतहटका १२, धनुषाका १ जना र बझाङका १ जनामा संक्रमण पुष्टि भएको हो ।
११ हजार २४९ जनाले जिते कोरोना
बिहीबार २१३ जना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा निर्माण गरिएका आइसोलेसनमा उपचार गराइ २१३ जना निको भएर डिस्चार्ज भएइको हुन् ।
योसहित नेपालमा कोरोना भाइरसलाई जितर घर फर्किनेको संख्या ११ हजार २ सय ४९ पुगेको छ । ‘अहिलेसम्म ६४.८५ संक्रमितहरू निको भएर फर्किनु भएको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहेनको संख्या २३ हजार ५० छ भने ६ हजार ५६ जना आइसोलेसनमा रहेर उपचार गराइरहेका छन् ।

प्रकाशित मिति: साउन १ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend